7 years ago
September 8, 2018
प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० ले पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो । नेपालको लागि अन्तिम मिनेटमा नवयुग श्रेष्ठले गोल गरेपछि जित पक्का भएको थियो ।

‘म बेन्चको प्लेयर होइन भन्ने आजको खेलमा प्रमाणित गरेको छु’ , नेपाली टोलीका फरवार्ड नवयुग श्रेष्ठले भने, ‘पाकिस्तानसँग पहिलो रोजाईमा थिए । त्यसपछि मलाई प्रशिक्षकले बेन्चमा राख्नु भएको थियो । धेरै पछि गोल गर्न सफल भएको छु । खुसी लागेको छ ।’ साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्नका लागि जित्नै पर्ने खेलमा नेपाल घरेलु टोली बंगलादेशलाई पराजित गर्न सफल रहयो ।
खेलमा पहिलो गोल विमल घर्तिमगरले गरेका थिए भने दोस्रो गोल नवयुगले गरेका थिए । नवयुग परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गर्दै ९० औं मिनेटमा गोल गर्न सफल भएका थिए । ६७ औं मिनेटमा उनी भरत खवासको ठाँउमा मैदान प्रवेश गरेका थिए । राष्ट्रिय टोलीका लागि नवयुगको त्यो छैटौं गोल हो ।

बंगलादेशविरुद्धको खेलमा मस्ट भ्यालुएवल प्लेयर बनेका नवयुगले भने, ‘धेरै समयपछि गोल गर्न सफल भएकोमा खुसी छु । बराबरीले पनि हामीलाई पुग्दैन थियो । जित्नै पर्ने बाध्यता थियो । गोल गरेर टिमलाई जिताउन पाउँदा अर्कै खुसी हुन्छ ।’ लामो समय गोल गर्दा फरवार्डमा दबाब हुने जनाउँदै उनले भने, ‘दबाब हुन्छ । फरवार्डबाट गोल हुन्छ भनेर सबैले आशा गरेका हुन्छन् । तर सधै गोल गर्न सकिन्न । त्यो समर्थकले पनि बुझ्नु भएको छ भन्ने लाग्छ ।’
उनले यसपटक च्याम्पियन बनेर फर्कने सपना रहेको सुनाए । ‘हामीले देश छाड्ने बेलामा पनि भनेका थियौं । समर्थकले पनि हामीबाट च्याम्पियन बनेर फर्कने अपेक्षा गरेका छन् । प्रतियोगितामा सबै उस्तै खालका टोली छन् । अब ट्रफीसहित फर्कने सपना छ,’ नवयुगले सुनाए । नेपालले पछिल्लो पटक बंगबन्धु गोल्डकपको उपाधि जित्दा नवयुग प्रतियोगिताको नायक सावित भएका थिए ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]