default_image

7 years ago

September 9, 2018

‘सिमित श्रोतमा फुटबल टोलीको राम्रो प्रदर्शन’ – क्रिकेटर वसन्त

114 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा आयोजकलाई २-० ले पराजित गर्दै नेपालले समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्यो। साफ च्याम्पियनसिपमा नेपाली टोलीले पर्याप्त तयारी र श्रोतविना पनि राम्रो प्रदर्शन गरेको क्रिकेटर वसन्त रेग्मीले बताए। 

क्रिकेटर वसन्त, तस्बिर : इएस्पीएन क्रिकइन्फो

खेलपछि हाम्रो खेलकुदसँग वसन्तले भने, “मैले नेपाली टोलीको खेल हेरे, नतिजा सकारात्मक आयो। खेलाडीहरुले निकै मेहेनत गरेको देखियो । नेपालमा हामी खेलाडीहरुले आफ्नोतर्फबाट शत प्रतिशत दिन्छौ, बंगलादेशविरुद्ध पनि यस्तै देखियो । “, वसन्तले थपे, “तर हामी खेलाडीहरुले चाहेजस्तै श्रोतमा प्रशिक्षण गर्नभने पाएका छैनौं। चाहे त्यो क्रिकेट होस्, फुटबल होस वा जुनै खेल होस, हामीलाई विशेष प्रशिक्षण र श्रोतको कमि छ।  “

नेपाली खेलकुदमा खेलाडीले अझै राम्रो गर्नसक्ने वसन्तले बताए, “फुटबलमै हेर्ने हो भने केहि समयदेखि लिग भएको छैन। क्रिकेटमा पनि आन्तरिक समस्या छन्। नेपाली खेलाडीले स्वतन्त्र वातावरणमा पर्याप्त श्रोतका साथ् प्रशिक्षण गर्नसके अझ धेरै अगाडी बढ्ने क्षमता बोकेका छौं। “

त्यस्तै वसन्तले फुटबल टोलीलाई सेमिफाइनल र फाइनलकालागि टोलीलाई शुभकामनापनि दिए, “खेलाडीको मुख्य लक्ष्य भनेकै देशका लागि ट्रफी जित्नुहो, सबै खेलाडीहरुलाई मेरो शुभकामना छ “, उनले भने।

Bimal Goal vs Bangladesh

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.