default_image

7 years ago

September 9, 2018

स्पेनद्वारा इङ्ल्याण्ड पराजित

99 views

0 Bookmark

लन्डन (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा स्पेनले इङ्ल्याण्डलाई पराजित गरेको छ । लुइस इनरिकेको प्रशिक्षणमा रहेको स्पेनले घरेलु टोली इंग्ल्यान्डमाथि २–१ को जित निकालेको हो ।

स्पेनको जितमा साउल निग्वेज र रोड्रिगोले गोल गरे । इंग्ल्यान्डका मार्कोस् रासफोर्डले गोल गरे ।  वेम्वली रंगशालमा आइतबर बिहान भएको खेलमा घरेलु टोलीले ११औं मिनेटमा अग्रता बनाएको थियो ।

खेलको ११ औ मिनेटमा मार्कोस रासफोर्डको गोलबाट इङ्ल्याण्डले अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि साउलले बराबरी गोल फर्काए । रोड्रिगोको पासमा साउलले गोल गर्न सफल भएका थिए ।

३२ औ मिनेटमा रोड्रिगोले गोल गर्दै स्पेनको जित सुनिश्चित गरे । त्यसपछि थप गोल निस्कन नसक्दा स्पेनले २–० को सहज जित निकाल्न सफल भयो ।

यससँगै इनरिकेले स्पेनको डेब्यु म्याचमै सफलता प्राप्त गरेका छन् । विश्वकपपछि स्पेनले राष्ट्रिय टिमको प्रशिक्षकमा बार्सिलोनाका पुर्व प्रशिक्षक इनरिकेलाई जिम्मेवारी सुम्पिएको थियो ।  जितपछि स्पेनले समूह ‘ए’ मा तीन अंक जोडेको छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.