default_image

7 years ago

September 9, 2018

माल्दिभ्सविरुद्ध भारतले लियो अग्रता

125 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । खेलको पहिलो हाफमा भारतले २-० को अग्रता लिएको छ ।

भारतका लागि निखिल पुजारीले गोल गरेका हुन् । पहिलो हाफको अन्त्यतिर मनवीर सिंहले अग्रता दोब्बर पारे । समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आजको खेलमा माल्दिभ्स २-० भन्दा बढी अन्तरले पराजित भएको खण्डमा समूह चरणबाट बाहिरिने छ ।

यदि माल्दिभ्स २-० ले नै पराजित भएको अवस्थामा नेपालको प्रतिद्वन्द्वी गोलाप्रथाबाट छिनोफानो हुनेछ । भारतले १ गोलको अन्तरले खेल जितेमा भने माल्दिभ्स अगाडी बढ्नेछ । नेपालले समूहको उपविजेतासँग खेल्नेछ भने पाकिस्तान र समूह ‘बी’ को विजेताले फाइनल प्रवेशका लागि भिड्नेछन् ।

सेमिफाइनल खेल बुधबार हुनेछ । नेपालको सेमिफाइनल खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.