7 years ago
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साफ सुजुकी कप अन्र्तगत समूह ‘बी’ को समूह चरणको अन्तिम खेलमा साविकको विजेता भारतले माल्दिभ्समाथि २–० को अग्रता बनाएको छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा भैरेहको खेलमा भारतले माल्दिभ्समाथि २–० को अग्रता बनाएको हो । भारतका लागि निखिल चन्द्रशेखर र मनवीर सिंहले गोल गरे .।
यो खेलमा जित हात पारे भारत समूह विजेताको रुपमा सेमिफाइनलमा पुग्नेछ । २–० को अन्तरमा पराजित भए माल्दिभ्स उपविजेताको रुपमा अघि बढ्नेछ । ३–० भन्दा बढीको गोल अन्तरमा पराजित भए श्रीलंकाले समूह उपविजेताको रुपमा अघि बढ्नेछ । यो अवस्थामा नेपालको प्रतिद्धन्दी माल्दिभ्स या श्रीलंका हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]