default_image

7 years ago

September 10, 2018

महानगरले काठमाडौंका ६ ‘ए’ डिभिजन क्लबलाई १० लाख दिने

115 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले महानगरभित्रका ६ ‘ए’ डिभिजन क्लबलाई १०-१० लाख रुपैयाँ दिने भएको छ ।

झन्डै पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै महानगरपालिकाले महानगरभित्रका ६ ‘ए’ डिभिजन क्लबलाई १०-१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । सोमबार एक कार्यक्रममा महानगरले क्लबहरुसँग सम्झौता पत्रमा हस्ताक्षर पनि गर्यो । सम्झौताअनुसार महानगरले क्लबहरुलाई ५ लाख नगद र ५ लाख बराबरको खेल सामग्री उपलब्ध गराउने छ । ‘ए’ डिभिजन लिग असोज १३ बाट हुँदैछ ।

महानगरपालिका भित्र सिएमजी क्लब संकटा, न्युरोड टिम (एनआरटी), मच्छिन्द्र क्लब, लक्ष्मी हुन्डाई मनाङ–मर्स्याङदी क्लब, सरस्वती युवा क्लब र हिमालयन शेर्पा रहेका छन् । ‘ए’ डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, च्यासल युवा क्लब, फ्रेन्डस् क्लब, ब्रिगेड ब्वाइज क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.