7 years ago
September 9, 2018
प्रकाश तिमल्सिना
ढाका – साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारत र माल्दिभ्स भिड्दै छन् । दोस्रो हाफ चल्दा भारतले २-० को अग्रता लिएको छ ।

समूह ‘बी’ मा भारत र माल्दिभ्ससँगै श्रीलंका रहेको छ । समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आजको खेलमा माल्दिभ्स २-० ले नै पराजित भएको अवस्थामा नेपालको प्रतिद्वन्द्वी गोलाप्रथाबाट छिनोफानो हुनेछ । समूह उपविजेताको टुंगो लगाउन दुवै टोलीको समान अंक र गोल भएकाले नियम अनुसार गोलाप्रथा हुने भएको हो ।

भारतले १ गोलको अन्तरले खेल जितेमा भने माल्दिभ्स अगाडी बढ्नेछ । नेपालले समूहको उपविजेतासँग खेल्नेछ भने पाकिस्तान र समूह ‘बी’ को विजेताले फाइनल प्रवेशका लागि भिड्नेछन् ।
सेमिफाइनल खेल बुधबार हुनेछ । नेपालको सेमिफाइनल खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]