7 years ago
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – साफ सुजुकी कपमा नेपालले सेमिफाइनलमा माल्दिभ्स प्रतिद्धन्द्धी पाएको छ । गोलाप्रथामा माल्दिभ्सले विजयी भएपछि नेपालले माल्दिभ्स प्रतिद्धन्द्धी पाएको हो ।
माल्दिभ्स र श्रीलंकाको समान १ अंक भएपछि आयोजक दक्षिण एसियाली फुटबल फेडेरेसनले (साफ) ले गोलप्रथाबाट टिम छनोट गरेको हो । जसमा माल्दिभ्सले बाजी मार्न सफल भएको हो । माल्दिभ्स र श्रीलंकाले भारतसँग समान २–० को हार बेहोरेको थिए ।
साफ च्याम्पियन्सिप अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा भारतले आइतबार माल्दिभ्सलाई २-० ले पराजित गरेको हो । यस नतिजासँगै भारत समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ । भारतका लागि दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । भारतका लागि निखिल पुजारीले ३६ मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । मनवीर सिंहले ४४ औं मिनेटमा दोस्रो गोल गरे । दुवै खेलाडीको भारतका लागि यो पहिलो अन्तर्राष्ट्रिय गोल हो ।

समूहको यसअघिका खेलमा भारतले श्रीलंकालाई २-० ले पराजित गरेको थियो भने माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आजको खेलमा माल्दिभ्स २-० ले नै पराजित भएपछि नेपालको प्रतिद्वन्द्वी गोलाप्रथाबाट छिनोफानो हुने भएको थियो ।
नेपालले अब माल्दिभ्ससँग सेमिफाइनल खेल्नेछ भने पाकिस्तान र भारत फाइनल प्रवेशका लागि भिड्नेछन् । सेमिफाइनल खेल बुधबार हुनेछ । नेपालको सेमिफाइनल खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ । नेपाल भने समूह विजेताको रुपमा शनिबार नै अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]