7 years ago
September 9, 2018
ढाका (हाम्रो खेलकुद) – भारतीय टिमका मुख्य प्रशिक्षक स्टेफेन कन्सटाइनले नेपालसँग फाइनल खेल खेल्ने इच्छा रहेको बताएका छन् । आइतबार माल्दिभ्समाथि २–० को जित निकालेपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टोलीका पूर्व प्रशिक्षक स्टेफेनले फाइनल नेपालसँग खेल्न चाहेको बताएका हुन् ।
उनले नेपालमा बिताएका सबै पल आफुलाई याद रहेको उल्लेख गर्दै बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टोलीले राम्रो फुटबल खेलेको बताए । कन्सटाइन महर्जनका पनि प्रशिक्षक हुन् । कन्सटाइनको प्रशिक्षणमा नेपालले काठमाडौंमा सन् १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद अन्र्तगत फुटबलको फाइनल खेलेको थियो । यो टोलीमा महर्जन पनि खेलाडी थिए । उनले माल्दिभ्सविरुद्धको आजको खेल सहज नभएको बताएका छन् ।

समूह चरणको दुवै खेल जित्दै भारत समूह ‘बी’ को विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यो समूहमा समान अंक र गोलअन्तर भएपछि गोलाप्रथामा माल्दिभ्स सेमिफाइनल पुगेको छ । बुधबार नेपाल र माल्दिभ्स तथा भारत र पाकिस्तानबीच सेमिफाइनल खेल हुनेछ । नेपालको खेल नेपाली समयअनुसार ३:४५ बजे हुनेछ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]