default_image

7 years ago

September 10, 2018

प्रतियोगितामा गोल नगरेको माल्दिभ्स सेमिफाइनलमा

127 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आइतबार भारतले माल्दिभ्सलाई २-० ले पराजित गर्यो । समूह ‘बी’ को अन्तिम नतिजासँगै भारत २ खेलमा ६ अंक बटुल्दै समूह विजेता बन्यो ।

त्यसै समूहमा यसअघि भारतले पहिलो खेलमा श्रीलंकालाई समान २-० गोल अन्तरले नै पराजित गरेको थियो । शुक्रबार श्रीलंका र माल्दिभ्सको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । आइतबारको नतिजासँगै समूह उपविजेताको टुङ्गो लगाउन प्रतियोगिताको नियमअनुसार टस गर्नुपर्ने भयो । कारण श्रीलंका र माल्दिभ्स दुवैको १-१ अंक थियो र गोलअन्तर पनि समान । प्रतियोगिताको नियमावलीमा अनुशासन अंक नभएर गोलाप्रथा लेखिएका कारण उपविजेताको छिनोफानो टस मार्फत गरिएको थियो ।

माल्दिभ्सले समूह चरणका दुई खेलमा १ बराबरी र १ हार बेहोरेको थियो । दुवै खेलमा माल्दिभ्स गोल गर्न असफल रहयो । साफ च्याम्पियनसिपको इतिहासमै कुनै गोल नगरी टोली अर्को चरणमा पुगेको यो नै पहिलो पटक हो । अब माल्दिभ्सले बुधबार हुने सेमिफाइनल खेलमा नेपालको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे हुनेछ । अर्को सेमिफाइनलमा भारत र पाकिस्तान खेल्नेछन् ।

नेपाल हालसम्म ४ पटक साफ च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । नेपालले अहिलेसम्म फाइनल यात्रा भने तय गरेको छैन । बालगोपाल महर्जनको प्रशिक्षकत्वमा रहेको नेपाली टोली यसै सफलता हात पार्ने सुरमा छ । उपाधि जित्ने लक्ष्य लिएर बंगलादेश प्रस्थान गरेको टोलीसामु अब २ जितको चुनौती अगाडी छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.