default_image

7 years ago

September 10, 2018

डेनमार्कले वेल्सलाई हराउँदा एरिक्सन नायक

119 views

0 Bookmark

आर्हुस (एजेन्सी) – स्पर्स मिडफिल्डर क्रिस्टियन एरिक्सनले म्यान अफ द म्याच प्रदर्शन गरेपछि यूईएफए नेसन्स लिगअन्तर्गत आइतबर डेनमार्कले वेल्सलाई २-० ले पराजित गरेको छ ।

पछिल्लो खेलमा डेनमार्कका सिनियर खेलाडीले फुटबल संघविरुद्ध आन्दोलन गर्दै राष्ट्रिय टोली छाड्ने चेतावनी दिएर नखेलेपनि यस खेलमा भने डेनमार्कले माग पूरा गर्दै बलियो टोली उतारेको थियो । खेलको पहिलो हाफमा एरिक्सनले डेनमार्कलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा उनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

निकै प्रतिस्पर्धात्मक खेलमा वेल्सले पनि पाएको मौका सदुपयोग गर्न नसक्दा हारको सामना गर्नुपर्यो । प्रशिक्षक रायन गिग्सले अघिल्लो खेलमा आयरल्यान्डलाई ४-१ ले पराजित गर्दै सुखद सुरुआतलाई निरन्तरता गरेपनि नेसन्स लिगमा भने खराब सुरुआत पाए । डेनमार्कले मिडफिल्डमा एरिक्सनको साथसँगै खेलमा पकड जमाएको थियो । वेल्सका कप्तान ग्यारेथ बेलले पछिल्लो खेलमा २ गोल गरेपनि डेनमार्क विरुद्ध भने गोल गर्न सकेनन् ।

गिग्सले प्रशिक्षकमा नियुक्त भएयता ५ खेलमा २ हार बेहोरेका छन् । उनले टोली सम्हाल्नुअघि वेल्सले अघिल्ला १२ खेलमा २ हारको सामना गरेको थियो । यससँगै डेनमार्कले घरेलु मैदानमा आफ्नो राम्रो रेकर्ड कायम राखेको छ । पछिल्लोपटक सन् २०१६ मा पराजित भएयता ११ खेलमा डेनमार्क अपराजित छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.