7 years ago
September 10, 2018
विवेक सुवेदी
ढाका – साफ सुजुकी कपको सेमिफाइनलमा स्थान बनाइसकेको नेपालले आज प्रशिक्षण गरेको छ । नेपाली टिम आइतबार विश्राममा बस्दै आज शेख जमल धनमुन्डी क्लबमा प्रशिक्षण गरेको हो । नेपाली टिमले आइतबार विश्राममा बस्दै जिम र स्वीमिङमात्रै गरेको थियो ।

आज नेपाली टिमले करिव दुई घन्टा सामान्य अभ्यास गरेको हो । नेपालले बुधबार सेमिफाइनलको पहिलो खेलमा माल्दिभ्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार ३ः४५ बजेपछि शुरु हुनेछ । अहिलेसम्म चौथोपटक सेमिफाइनलमा प्रवेश गरेको नेपाल पहिलोपटक फाइनल पुग्ने लक्ष्यमा हुनेछ । यस्तोमा नेपालले सेमिफाइनलमा माल्दिभ्सको चुनौती पन्छाउनुपर्ने हुन्छ । सोही दिन साविकको विजेता भारतले पाकिस्तानको सामना गर्नेछ ।
नेपालले समूह चरणमा पाकिस्तानसँग २–१ ले पराजित भएपनि त्यसपछिको दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भएको हो । नेपालले समूह चरणको दोस्रो खेलमा भुटानमाथि ४–० को तथा घरेलु टोली बंगलादेशमाथि २–० को जित निकालेको थियो । फाइनल ३० भदौंमा हुनेछ ।
प्रशिक्षणको फोटो फिचर :

तस्बिरहरु : विवेक / हाम्रो खेलकुद
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]