default_image

7 years ago

September 10, 2018

साफ सुजुकी कप – समूह चरणमा अहिले सम्मकै सर्वाधिक गोल

125 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – नेपाली फुटबल टोलीको यसपटकको साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल यात्रा जति चुनौतीपूर्ण रह्यो त्यत्तिनै सफल पनि । विगतमा गोलको खडरी तोड्न नसक्ने आरोप खेप्दै आएको नेपाली टोलीले २५ वर्षे इतिहास बोकेको साफको समूह चरणमा अहिले सम्मकै सर्वाधिक गोल गर्न सफल भएको छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

यसअघि समूह चरणमा अपराजित रहेको इतिहास बनाइसकेको नेपालले यसपटक त्यो सफलतालाई निरन्तरता दिन सकेन । तर, टोलीले समूह चरणमा अहिले सम्मकै सर्वाधिक गोल भने गर्न सफल भएको छ । समूह चरणका ३ खेलमा नेपालले ७ गोल गरेको छ । विसं २०७३ को कार्तिकमा एएफसी सोलिडारिटी कप जित्दा उच्च प्रदर्शन गरेको नेपाल टोलीले त्यसपछि एसियन छनोटमा भने सन्तोषजनक प्रदर्शन गर्न सकेन ।

झन्डै एक वर्षकाबीचमा खेलका ६ खेलमा नेपालले जम्मा ३ गोल मात्र गर्न सकेको थियो । तर, यसपटक कथा बदलिएको छ । पाकिस्तानसँग पहिलो खेलमा २–१ ले पराजित हुँदै निराशाजनक सुरुवात गरेको नेपालले पछिल्ला दुई खेलमा स्तरीय प्रदर्शन गरेको थियो । भुटानलाई ४–० ले हराएपछि नेपाली टोलीको मनोबल उच्च देखिएको नेपालले जित बाहेकको विकल्प नरहेको बंगलादेशसँगको खेलमा २–० को जित निकालेको थियो ।

Bimal Goal vs Bangladesh

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

सन् १९९३ बाट दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भएको पहिलो सार्क गोल्डकप यता नेपालले समूह चरणमा सबै भन्दा बढी गोल गरेको यसै पाली हो । त्यति मात्र होइन समूह चरणमा १ गोल मात्र खाएको पनि यो पहिलो पटक हो । पाकिस्तानसँग पहिलो खेल २–१ ले हारेपछि नेपाली फुटबल टोलीले चर्को आलोचना खप्नु परेको थियो ।

कतिले त नेपालले भुटानलाई पनि जित्न नसक्ने आकलन समेत गरेका थिए । प्रशिक्षक बालगोपाल महर्जनले नियमित कप्तान विराज महर्जनसहित पहिलो खेलमा प्रभाव जमाउन नसकेका भरत खवास र नवयुग श्रेष्ठलाई पनि भुटान विरुद्ध पहिलो रोजाइमा राखेनन् । त्यसले रंग पनि ल्यायो । ४ अलग अलग खेलाडीले गोल गरे । भुटान र बंगलादेशमाथि नेपाली टोली पूर्ण रुपमा हावी रह्यो । गोलका लागि तड्पिने नेपाली टोलीका लागि समूह चरणमा ६ खेलाडीले गोल गरिसकेका छन् ।

विमल घर्तिमगरले २ गोल गर्दा अनन्त तामाङ, सुनील बल, भरत खवास, नीराजन खड्का र नवयुग श्रेष्ठले पनि गोल गेका छन् । सुनील, नीराजनले पहिलो पटक राष्ट्रिय टोलीका लागि गोल गरेका हुन् । नेपालले समूह चरणका सबै खेलमा गोल गरेको यो चौथो पटक हो । यसअघि १९९९, २०११ र २०१३ मा नेपालले सबै खेलमा गोल गरेको थियो । यसपटक समूह चरणमा सबैभन्दा बढी गोल गर्नेमा पनि नेपाली टोली नै रहेको छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

नेपालले ३ खेलमा ७ गोल, पाकिस्तानले ५ र भारतले २ खेलमा ४ गोल गरेको छ । समूह चरणमा एक गोल पनि नगरी सेमिफाइनल पुगेको माल्दिभ्सलाई बुधबारको सेमिफाइनलमा हराउन सके नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्ने इतिहास रच्ने छ ।

नेपालको साफ इतिहास :

नेपालले बंगलादेशमा जारी साफ सुजुकी कपको समूह चरणमा सवैभन्दा धेरै गोल गर्न सफल भएको छ । नेपालले समूह चरणका तीन खेलमा ७ गोल गर्दै दुई गोल मात्रै बेहोर्यो ।

सन् २०१५ को साफमा नेपालले समूह चरणहको दुई खेलमा १ गोल गर्दा ५ गोल खाएको थियो ।

नेपालमा २०१३ मा भएको साफको समूह चरणको तीन खेलमा ५ गोल गर्दै ३ गोल बेहोर्यो ।

anil gurung

फाइल तस्बिर २०१३ साफ

२०११ मा समूह चरणको तीन खेलमा नेपालले समान तीन गोल गर्दा तीन गोल नै बेहोर्यो ।

यस्तै २००९ मा समूह चरणको तीन खेलमा नेपालले ४ गोल गर्दा २ गोल खाएको थियो ।

सन् २००८ मा समूह चरणको तीन खेलमा नेपालले ५ गोल गर्दा ९ गोल खाएको थियो ।

सन् २००५ मा समूह चरणको तीन खेलमा ४ गोल गर्दा ५ गोल खाएको थियो ।

सन् २००३ मा समूह चरणको तीन खेलबाट नेपालले ४ गोल गर्दा समान ४ गोल नै खाएको थियो ।

सन् १९९९ मा दुई खेलबाट नेपालले ५ गोल गर्दा ५ गोल नै बेहोरेको थियो ।

सन् १९९७ मा समूह चरणका दुई खेलबाट नेपालले १ गोल गर्दा ५ गोल खाएको थियो ।

सन् १९९५ मा समूह चरणको दुई खेलमा नेपालले दुई गोल गर्दा दुई गोल नै खाएको थियो ।

सन् १९९३ मा नेपालले समूह चरणको तीन खेलबाट १ गोल गर्दा २ गोल खाएको थियो ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.