7 years ago
September 10, 2018
प्रकाश तिमल्सिना
ढाका – नेपाली राष्ट्रिय टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीका रुपमा नआँक्ने बताएका छन् । प्रशिक्षक महर्जनले सोमबार पत्रकारसँगको कुराकानीका क्रममा माल्दिभ्सलाई कमजोर प्रतिद्वन्द्वीको रुपमा नलिइएको बताएका हुन् । नेपालले सेमिफाइनलमा बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।

‘माल्दिभ्स कमजोर प्रतिद्वन्द्वी हैन । सेमिफाइनलमा पुगेको टोलीलाई कमजोर भन्न मिल्दैन । हामीले माल्दिभ्सको दुई खेल हेरिसकेका छौं ।’ प्रशिक्षक महर्जनले भने, ‘माल्दिभ्सको दुई खेलबाट हामीले योजना बनाइरहेको छौं । मसँग प्लेइङ ११ र बेन्च पनि उत्तिकै बलियो र सशक्त छ । खेलाडीहरुले प्रमाणित गरिरहेका छन् । त्यसैले हामी माल्दिभ्सलाई जित्न सक्छौं ।’
प्रशिक्षक महर्जनले अहिले टिमलाई निकै सहज भैरहेको बताए । ‘पहिला प्लेइङ ११ पछि १२औं खेलाडी छनोट गर्न गाह्रो अवस्था थियो । अहिले त्यो अवस्था छैन । वैकल्पिक खेलाडीले यसलाई प्रमाणित गरिहेका छन् । खेलाडीहरुमा नेपाली फुटबललाई अघि बढाउने भावना आएको छ ।’ प्रशिक्षक महर्जनले थपे ।

उनले माल्दिभ्स विगतमा राम्रो भएपनि अहिले केही स्टार खोडीहरु टिममा नरहँदा माल्दिभ्स केही कमजोर देखिएपनि बल पोजिसन राख्न सक्ने टिम रहेको बताउदै नेपाली खेलाडीमा अट्याकिङमा जुनसुकै बेलापनि गोल गर्ने क्षमता रहेको बताए । प्रशिक्षक महर्जनले काठमाडौंबाट ढाका आउनुअघि पनि लिग चरण पार गर्ने र नकआउटमा पनि जित निकाल्दै च्याम्पियन बन्ने क्षमता टिममा रहेको थपे ।
नेपाल समूह ‘ए’ को विजेता बन्दै शनिबार सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह ‘बी’ मा भने श्रीलंका र माल्दिभ्सको समान अंक र गोल भएपछि टसमा माल्दिभ्स भाग्यमानी सावित हुँदै सेमिफाइनल प्रवेश गरेको थियो । अर्को समूहमा भारत र पाकिस्तान भिड्नेछन् । नेपाल र माल्दिभ्सको खेल नेपाली समयअनुसार बुधबार दिउँसो ३:४५ बजे हुनेछ ।
भिडियो :
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]