7 years ago
September 10, 2018
ढाका (हाम्रो खेलकुद) – झन्डै पाँच वर्षपछि नेपाली राष्ट्रिय टिममा पूनरागमन गरेका मिडफिल्डर निराजन खड्काले जारी साफलाई बिर्सन नसकिने बताएका छन् । निराजनले सन् २०१३ पछि साफ सुजुकी कपबाट राष्ट्रिय टिममा पूनरागमन गर्न सफल हुन् ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
‘एउटा खेलाडीको लागि लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेर गोल गर्नु जतिको खुशी अरु हुन सक्दैन । म एकदमै खुशी छु । म भन्दा पनि मेरो टिमलाई प्राथमिकतामा राखेको छु, ’ मिडफिल्डर निराजनले भने, ‘साफ सुजुकी कप जितेर सम्पूर्ण नेपालीलाई खुसी दिने चाहना छ । टिमले त्यही अनुसारको मिहेनत गरिरहेका छौं । खेलाडीले शतप्रतिशत खेलेका छन् । उपाधि जित्न सकने क्षमता टिममा छ ।’
उनले साफमा सहभागी सबै टोली राम्रो रहेको बताउदै माल्दिभ्सविरुद्धको सेमिफाइनलमा विपक्षीको कमजोरीको फाइदा उठाउने र आफ्नो बलियो पक्षलाई कायम राखिराख्ने बताए । निराजनले २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए । झन्डै पाँच वर्ष राष्ट्रिय टिममा विताएका उनी फेरि त्यसपछि पाँच वर्ष नै राष्ट्रिय टिममा पर्न सकेका थिएनन् । उनले यसैपटक साफबाट राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद
बंगलादेशमा जारी साफ सुजुकी कपमा तीन खेल खेलिसकेको निराजनले भुटानविरुद्धको खेलमा राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका थिए । उनले हालसम्म राष्ट्रिय टोलीका लागि ३१ क्याप जितेका छन् ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]