7 years ago
September 10, 2018
मेक्सिको (एजेन्सी) – अर्जेन्टिनाका पूर्व फुटबलर तथा प्रशिक्षक डिएगो म्याराडोना मेक्सिकोको दोस्रो श्रेणीको क्लब डोराडोस डे सिनालोआको प्रशिक्षक पदमा नियुक्त भएका छन् । यद्यपी यो क्लब मेक्सिकोमा लागुपदार्थका लागि कुख्यात मानिने ठाउँमा अवस्थित छ ।

जारी सिजनको सुरुआती ६ खेलसम्म पनि जित दर्ता गर्न नसकेको डोराडोस लिग तालिकामा १३ औं स्थानमा छ । लिगअवधिमा दुई गोल मात्र गर्न सकेको यस क्लबलाई म्याराडोनाले माथिल्लो श्रेणीमा उकाल्ने प्रयास गर्ने छन् । ‘ अब हामीले मिहिनेत गर्नुछ । सबै एकतृत भएर अगाडी बढ्न जरुरी छ,’ ५७ वर्षीय म्याराडोनाले भने, ‘ मेरो लक्ष्य भनेको टोलीलाई माथिल्लो श्रेणीमा लग्नु हो । यसका लागि सबैले आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्छ ।’
क्लबले म्याराडोनाको आगमनका लागि एअरपोर्टमा विशेष व्यवस्था गरेपनि उनको आगमनसँगै दर्शक र मिडियाले उनलाई घेरेका थिए । ‘ मलाई मेक्सिकोको फुटबल सधैं रमाइलो लाग्थ्यो । म सधैं यहाँ आउन चाहन्थे र अहिले आइपुगेको छु । यहाँ मैले पाएको स्वागतले अझै राम्रो गर्न उत्साहित बनाएको छ,’ उनले भने । म्याराडोनाको पहिलो खेल अर्को साता क्याफेतालेरोसविरुद्ध हुनेछ ।

यसअघि म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले सन् २००६ मा डोराडोसबाट खेलेका थिए । म्याराडोनाको औपचारिक रुपमा प्रशिक्षक घोषणा र प्रशिक्षण सोमबार हुनेछ । म्याराडोना विमानस्थलमा क्लबको औपचारिक क्याप र मफलरमा देखिएका थिए । क्लबले ट्वीटरमा म्याराडोनालाई स्वागत गर्ने क्रममा, ‘ म्याराडोना घर फर्किएका छन्’, ‘ सधैं साथ रहने छौं ‘, लगायतका नारा लेखेको थियो ।
अन्तर्राष्ट्रिय फुटबलमा खेलाडीको रुपमा पृथक पहिचान बनाएका म्याराडोना प्रशिक्षकका रुपमा भने सफल हुन सकेनन । उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीलाई विश्वकपमा पनि हेरेका थिए । उनकै कप्तानीमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप उपाधि जितेको थियो । रुसमा भएको विश्वकपमा पनि म्याराडोना टोलीको समर्थन गर्न रंगशालामा पुगेका थिए । उनले त्यहाँ गरेको व्यवहारको चर्को आलोचना भएको थियो ।

December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]