7 years ago
September 11, 2018
लिस्बन (एजेन्सी) – यूईएफए नेसन्स लिगको समूह ए३ अन्तर्गत सोमबार भएको खेलमा पोर्चुगलले इटालीलाई १-० ले पराजित गरेको छ । पोर्चुगलका लागि दोस्रो हाफमा आन्द्रे सिल्भाले गरेको गोल नै निर्णायक सावित भयो ।

पछिल्लो सिजन इटालियन क्लब एसी मिलानमा अपेक्षित प्रदर्शन गर्न नसकेका सिल्भाले खेलको ४८ औं मिनेटमा ब्रुमाको क्रसलाई सदुपयोग गर्दै गोल गरेका थिए । सिजनको सुरुआतमा स्पेनिस क्लब सेभिल्ला पुगेका सिल्भा अहिले लयमा देखिएका छन् । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएपछि सिल्भाले पोर्चुगलको आक्रमण सम्हाल्ने जिम्मेवारी लिएका थिए ।
अघिल्लो खेलमा पोल्यान्डसँग १-१ को बराबरीमा रोकिएको इटाली यस पराजयसँगै समस्यामा देखिएको छ । प्रशिक्षक रोबर्टो मान्चिनीले पछिल्लो खेलबाट ९ खेलाडी परिवर्तन गरेका थिए । गोलरक्षक जियानलुइजी डोनारुम्मा र मिडफिल्डर जोर्गीन्होले मात्र आफ्नो स्थान बचाउन सके । डोनारुम्माले खेलको दोस्रो हाफमा केहि राम्रो बचाउ गर्दै टोलीको सम्भावना कायम राख्ने प्रयास गरे ।

इटालीले खेलको अन्तिम समयमा डोमेनिको बेरार्डी र एमेर्सन पल्मिएरीलाई उतारेपछि आक्रमणमा राम्रो सुधार ल्याएको थियो । तर पोर्चुगल डिफेन्स चिरेर अवसर सिर्जना गर्न नसक्दा हारको सामना गर्नुपर्यो । अंक तालिकामा पोर्चुगल ३ अंक सहित शीर्ष स्थानमा छ भने पोल्यान्ड र इटालीको समान १-१ अंक छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]