default_image

7 years ago

September 11, 2018

नेपाली टोलीलाई माल्दिभ्सविरुद्ध इतिहास रच्ने अवसर

132 views

0 Bookmark

प्रकाश तिमल्सिना
ढाका – ढाकामा जारी साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइनल पुग्ने टोली मध्ये सबैभन्दा कमजोर प्रदर्शन माल्दिभ्सको देखिएको छ । समूह ‘बी’बाट १ अंक र विना गोल माल्दिभ्सले सेमिफाइनल सम्मको यात्रा तय गरेको छ । त्यो पनि गोलप्रथामा भाग्यशाली रहँदै । २ खेल जितेको भारत समूह विजेता हुँदा समान १ अंक जोडेको माल्दिभ्स र श्रीलंकाबीच समूह दोस्रोका लागि गोला प्रथा भएको थियो ।

त्यसअर्थमा यसपटक माल्दिभ्स सेमिफाइनल पुग्ने सबैभन्दा कमजोर टोली भन्दा फरक पर्दैछ । त्यहि माल्दिभ्सलाई यसपटक नेपालले प्रतिद्वन्द्विका रुपमा पाएको छ । जबकी नेपाल समूह ए को विजेताका रुपमा अन्तिम चारमा पुगेको हो । नेपालले समूह चरणका २ खेलमा जित र १ खेलमा हार बहोरेको थियो । २ गोलको सामना गरेको नेपालले समूह चरणमा सबैभन्दा बढी ५ गोल गरेका छ ।

पाकिस्तानले पनि समान २ खेल जित्दै गोलअन्तरका आधारमा सेमिफाइनल यात्रा तय गरेको थियो । २ खेल जितेपछि बंगलादेश समूह चरणबाट अघि बढ्न सकेन ।यसपटक नेपालले त्यहि कमजोर प्रदर्शन गर्दै आएको माल्दिभ्सलाई सेमिफाइनल प्रतिद्वन्द्वि पाएको छ । यसपटक सहज जस्तो देखिएपनि नेपालका लागि साफ च्याम्पियनसिपमा माल्दिभ्स सधै कडा प्रतिद्वन्द्विका रुपमा रहेको छ ।

साफ च्याम्पियनसिपमा अहिले सम्मको भेटमा नेलाले माल्दिभ्सलाई हराउन सकेको छैन । त्यसैले यसपटक नेपालले माल्दिभ्ससँग भोग्दै आएको बराबरी र हारको नतिजा जितमा बदल्न सकेन नेपालले इतिहास रच्नेछ । २५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा नेपाल अहिले सम्म फाइनल पुग्न सकेको छैन । साफमा ६ भेटमा नेपाले २ बराबरी र ४ खेलमा हार बेहोरेको छ । अहिले सम्म माल्दिभ्सविरुद्ध एक खेल जित्न सकेको छैन ।

यसपटक बुधबार माल्दिभ्सविरुद्ध साफ च्याम्प्यिनसिपमा पहिलो जित दर्ता गराउन सके नेपालले पहिलो पटक उपाधिका लागि भिड्नेछ । समग्र प्रदर्शनमा पनि नेपाल अहिले सम्म पछाडि छ । नेपाल र माल्दिभ्स अहिलेसम्म समग्रमा १५ पटक आमने सामने भएका छन् । जसमा नेपालले चार खेलमा जित हात पार्दा चार खेलमा बराबरी र ७ खेलमा हार बेहोरेको इतिहास छ । १९ गोल गर्दा नेपालले २० गोल खाएको छ ।

साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्स हेड टु हेड

सन् १९९९ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण (हरि खड्काको दुई गोल)

सन् १९९९ नेपाल विरुद्ध माल्दिभ्स (०–२) तेस्रो स्थान

सन् २००३ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण (निराजन रायमाझी र देवनारायण चौधरी)

सन् २००८ नेपाल विरुद्ध माल्दिभ्स (१–४) समूह चरण (विसन गौचन)

सन् २००९ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण (जुमानु राई)

सन् २०११ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण (सन्दीप राई)

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.