7 years ago
September 12, 2018
एजेन्सी – अर्जेन्टिनाको राष्ट्रिय फुटबल टोलीलाई अघि बढाउन बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी आवश्यक पर्ने इन्टर मिलानबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनी स्ट्राइकर लौटारो मार्टिनेजले बताएका छन् ।

मेसीको व्यक्तिगत चाह नभएपनि अर्जेन्टिनाको फुटबलका लागि मेसीले राष्ट्रिय टोलीमा फर्किनु पर्ने मार्टिनेजले बताएका हुन् । अर्जेन्टिना रुस विश्वकपमा शीर्ष १६ चरणबाट बहिरिएको थियो । जहाँ अर्जेन्टिना फ्रान्ससँग ४–३ ले पराजित भयो । सोहिकारण आलोचित बनेका मेसीलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आवश्यक नरहेको मार्टिनेजले बताए । तर, मेस्सीले सन्यासै भने लिएका छैनन् ।
मेसीले अझैपनि अन्तर्राष्ट्रिय टिममा आवश्यक परेको अवस्थामा फर्कने संकेत दिएका छन् । वर्तमान चलिरहेको मैत्रिपुर्ण खेलमा भने उनी उपस्थीत छैनन् । टिममा मेसीको आवश्यकता छ ? भनेर मार्टिनेजलाई प्रश्न गर्दा उनले भने, ‘एकदम आवश्यकता छ । किनकी उनी दुनियाँका सबैभन्दा उत्कृष्ट खेलाडी हुन् । उनी अर्नेन्टिनी हुन । जब उनी जर्सी लगाउँछन् तब हामी टिममा पुर्ण रुपमा आनन्द लिन्छौ । उनी टिमलाई बढाई रहन्छन् ।’

उनले थपे, ‘यस्तो धेरै कुरा छ जो मैले उनीबाट सिके । उनी टिममा धेरै उपयोगी र सकरात्मक छन् । जस्तोकी उत्कृष्ट खेलाडीसँग मात्र हैनी युवासँग समेत उनको राम्रो सम्बन्ध र मिलनासार छन् । उनीसँग खेल्दा धेरै सिक्न पाउने र धेरै सिक्ने प्रयास गर्ने गर्दछु ।’ मार्टिनेजले मार्चका राष्ट्रिय टिबाट डेब्यु गरेका थिए । तर, प्रशिक्षकले रुस विश्वपमा युवा खेलाडीलाई स्थान नदिएको आरोप लाग्दै आएको छ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]