default_image

7 years ago

September 13, 2018

मेसीले सर्वाधिक गोल गरेका चार टिम

165 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसी विश्व फुटबलमा सबै भन्दा सफल गोल गर्ने खेलाडी मध्येका एक हुन् । यति मात्र हैन, उनले गोल गर्ने समयमा केही जादुमयी क्षणको निर्माण समेत गरे ।

जस्तोकी गेटाफेविरुद्ध १९ बर्षको उमेरमा उनले जब मध्ये रेखाबाट बल लिदै गोल गरे, तब उनको गोललाई म्याराडोना गोलको संज्ञा दिए । अथवा सन् २०११ को च्याम्पियन्स लिग सेमिफाइनलमा रियल म्याड्रिडविरुद्ध सान्टियागो बर्नबेउमा गरेको उनको दोस्रो गोल नै किन नहोस् । अर्जन्टिनी सुपरस्टारले यति गोल गरे की याड गरेर साध्य छैन । तर, यस्ता चार टिम छन् जसका विरुद्ध मेस्सीले सर्वाधिक गोल गरेका छन् ।

४. एथलेटिक बिलबाओ

एथलेटिक बिलबाओ स्पेनिस लिगको शीर्ष टिम मध्येको एक हो । अहिलेसम्म बार्साका कप्तान मेसीले बिल्बाओविरुद्ध ३० खेल खेलेका छन् । यसक्रममा उनले २४ गोल गरे । बिलबाओविरुद्धको खेलमा उनको नाममा ९ असिस्ट पनि रहेको  छ । उनले सुपर कप दौरान गरेको अविश्वसनीय गोलले पनि आफ्नो स्तर प्रष्ट्याएका छन् ।

३. रियल म्याड्रिड

ला लिगामा रियल म्याड्रिडलाई बार्सिलोनाको सबैभन्दा ठुलो दुश्मन वा प्रतिद्वन्द्वीको रुपमा हेरीन्छ । मेसी जब रियलविरुद्ध मैदानमा उत्रिन्छन् तब रियलका खेलाडीलाई निराशा पारी दिन्छन् । उनले रियलविरुद्ध हालसम्म ३७ खेल खेले । जहाँ उनले दुई ह्याट्रिक सहित २६ गोल र १४ असिस्ट दिए । उनले गरेका २६ गोल मध्ये अधिकांश गोल रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा गरेका हुन् ।

२. एटलेटिको मड्रिड

एटलेटिको मड्रिड मेसिका लागि दोस्रो राम्रो टोली हो । एटलेटिकोविरुद्ध मेसीले ३२ खेल खेल्दै २८ गोल गरेका छन्  । घरेलु लिगको कठिन प्रतिद्वन्द्वी एटलेटिकोविरुद्ध मेसी अधिकांश समय हावी हुने गरेका छन् । सामान्यतया एटलेटिकोको डिफेन्स लिगकै उत्कृष्ट रहने भएपनि मेसीविरुद्ध भने खासै राम्रो तथ्यांक छैन ।

१. सेभिल्ला

लियोनल मेस्सी सेभिल्लाका लागि सबै भन्दा घातक साबित भएका छन् । उनले सेभिल्लाविरुद्ध ३२ खेले खेले । ३२ खेल खेलेका मेस्सीले ३१ गोल गरेका छन् । मेस्सीका लागि सेभिल्लाविरुद्ध यो केही पनि हैन । सेभिल्लाविरुद्ध उनीसँग सर्वश्रेष्ठ औसत गोल प्रतिशत छ । उनले सेभिल्लाविरुद्ध यसक्रममा १५ असिस्ट समेत गरेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.