7 years ago
September 12, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । समूह ‘ए’ को विजेता बन्दै अगाडी बढेको नेपालले फाइनलमा स्थान बनाउन समूह ‘बी’ को उपविजेता माल्दिभ्सको सामना गर्न लागेको हो । उक्त खेल लाइभ कसरी हेर्ने, खेल हुने समय लगायतका सम्पूर्ण जानकारी पाउनुहोस

खेल : नेपाल विरुद्ध माल्दिभ्स
खेल हुने स्थान : बंगबंधु रंगशाला
खेल सुरु हुने नेपाली समय : दिउँसो ३ः४५ बजे
प्रत्यक्ष प्रसारण : डीस होम एक्सन स्पोर्ट्स, एपीवन एचडी, साथै यप टिभीबाट अनलाइन हेर्नसक्नु हुनेछ ।

नेपालले समूह चरणको पहिलो खेलमा पाकिस्तानविरुद्ध २-१ को हार बेहोर्दै खराब सुरुआत पाएको थियो । तर दोस्रो खेलमा भुटानलाई ४-० ले पाखा लगाउँदै नेपाल सेमिफाइनल नजिक पुगेको थियो । नेपालका लागि उक्त खेलमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले गोल गरेका थिए । समूहको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गर्नैपर्ने अवस्थामा नेपाल २-० ले विजयी हुँदै समूह विजेता बन्न सफल रहयो । नेपालका लागि विमल घर्ति मगर र नवयुग श्रेष्ठले गोल गरेका थिए ।
अर्को समूहमा भने भारतले श्रीलंका र माल्दिभ्सलाई समान २-० अन्तरले हराउँदै समूह विजेता बन्यो । माल्दिभ्स र श्रीलंकाको खेल गोलरहित बराबरीमा सकिएका कारण दुवै टोली समान अंक र गोलमा रहे । प्रतियोगिताको नियमअनुसार टस गरेर समूह उपविजेता छान्ने निषकर्ष भयो । टसमा माल्दिभ्स भाग्यमानी बन्दै सेमिफाइनल यात्रा तय गर्न सफल रहयो । माल्दिभ्सले प्रतियोगितामा कुनै गोल गर्न सकेको छैन ।

समूह चरणमा नेपालका खेलहरु
नेपाल १-२ पाकिस्तान : सेप्टेम्बर ४
नेपाल ४-० भुटान : सेप्टेम्बर ६
नेपाल विरुद्ध बंगलादेश : सेप्टेम्बर ८
माल्दिभ्स ०-० श्रीलंका : सेप्टेम्बर ७
माल्दिभ्स ०-२ भारत : सेप्टेम्बर ९
–खेल समय दिउँसो ३ः४५ हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । सच्चाइएको समय बिहान ७ः४५ बजे
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]