default_image

7 years ago

September 12, 2018

साफ सुजुकी कपः माल्दिभ्सविरुद्ध उत्रदै नेपाल, इतिहास रच्न बाट एक जित टाढा

110 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका- दक्षिण एसियाली राष्ट्रको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियन) साफ सुजुकी कपको १२औं संस्करणको सेमिफाइनलका खेलहरु आज हुदैछ । अहिलेसम्म फाइनलको यात्रा तय गर्न नसकेको नेपालले आज पहिलो सेमिफाइनलमा माल्दिभ्सको सामना गर्दैछ । खेल बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । आज नै दोस्रो सेमीफाइनलमा साविकको विजेता भारतले पाकिस्तानको सामना गर्दैछ ।

माल्दिभ्सविरुद्धको आजको सेमिफाइन खेल नेपालको लागि ऐतिहासिक खेल हुनेछ । साफको २५ वर्षे इतिहासमा नेपाल अहिलेसम्म सेमिफाइनल भन्दा अघि बढ्न नसकेको अवस्थामा तुलनात्मक रुपमा कमजोर देखिएको माल्दिभ्सलाई पराजित गरेर फाइनलको यात्रा तय गरे, नेपालको यो ऐतिहासिक क्षण हुनेछ । तर, माल्दिभ्ससँगको हेड टु हेडमा नेपाल पछि छ । यि दुई टोलीले अहिलेसम्म १५ पटक खेल्दा नेपालले ४ खेलमा मात्रै जित हात पारेको छ । चार खेलमा हार बेहोरेको नेपालले ७ खेलमा बराबरीमा रोकेको छ ।

तर, साफको ६ भेटमा नेपालले माल्दिभ्सलाई पराजित गर्न सकेको छैन । ४ खेलमा हार बेहोरेको नेपाल दुई खेल बराबरीमा रोकेको थियो । एक पटकको च्याम्पियन माल्दिभ्सलाई नेपालले २०११ र २०१३ को साफमा बराबरीमा रोकेको थियो । अघिल्लो साफमा भने यि दुई टिमबीच भेट भएको थिएन । नेपाली टिमका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले माल्दिभ्सलाई पराजित गर्ने आधारहरु रहेको बताएका छन् ।

उनले विगतको प्रदर्शनलाई विर्सदै आफ्नो टोलीले माल्दिभ्सलाई सहजै पराजित गर्दै फाइनलमा पुग्नेमा विश्वस्त रहेको बताएका छन् । पछिल्ला दुई खेल बंगबन्धु र साग गोल्डकपको सेमिफाइनलमा माल्दिभ्सलाई पराजित गरेको स्मरण गर्दै साफ सुजुकी कप फरक प्रतियोगिता रहेपनि फेरि एकपटक पराजित गरेर फाइनल पुग्ने लक्ष्य रहेको बताए । नेपालले बंगबन्धु गोल्डकपमा माल्दिभ्समाथि ४–१ को तथा १२औं दक्षिण एसियाली खेलकुदमा ४–३ को जित निकालेको थियो । दुवै खेलमा नवयुग श्रेष्ठले ह्याट्रिक पूरा गरेका थिए ।

उनले विपक्षी टोली विगतको भन्दा केही कमजोर देखिएपनि खेल्ने शैली समान रहेका कारण सचेत हुनुपर्ने बताउदै माल्दिभ्सविरुद्ध खेलको अवस्था हेरेर रणनीति बनाउने बताए । उनले सारा नेपाली समर्थकलाई विगतमा जस्तै आजको खेलमा पनि रंगशालामै आएर समर्थन गरिदिन आग्रह गरेका छन् ।

माल्दिभ्सका प्रशिक्षक पिटरले प्रतियोगितामा नेपाल सबैभन्दा बलियो प्रतिद्धन्द्धी रहेको बताउदै नेपालविरुद्ध सचेत भएर खेल्ने बताए । ‘नेपाल बलियो प्रतिद्धन्द्धी हो । उसले पछिल्लो समय राम्रो फुटबल खेलिरहेको छ । तर, हामी नेपाललाई रोक्दै फाइनलमा पुग्ने योजनामा हुनेछौं ।’ प्रशिक्षक पिटरले प्रिम्याच पत्रकार सम्मेलनमा भने, ‘हाम्रो योजना नेपाललाई नियमित समयमा पराजित गर्दै फाइनलमा पुग्ने हुनेछ । यस्तो हुन नसकेको अवस्थामा हामीसँग अरु अप्सन पनि छ । त्यसमा पेनाल्टी सुटआउट हुनसक्छ । जहाँ हामी नेपाललाई रोक्न सक्षम हुनेछौं ।

साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्स हेड टु हेड

१९९९ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण

१९९९ नेपाल विरुद्ध माल्दिभ्स (०–२) तेस्रो स्थान

२००३ नेपाल विरुद्ध माल्दिभ्स (२–३) समूह चरण

२००८ नेपाल विरुद्ध माल्दिभ्स (१–४) समूह चरण

२००९ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण

२०११ नेपाल विरुद्ध माल्दिभ्स (१–१) समूह चरण

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.