default_image

7 years ago

September 12, 2018

साफ च्याम्प्यिनसिप सेमिफाइनल : पहिलो हाफमा नेपाल पछाडि

103 views

0 Bookmark

प्रकाश तिमल्सिना

ढाका – साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा पहिलो पटक फाइनल पुग्नका लागि अब नेपालसँग ४५ मिनेटको मात्र समय बाँकी रहेको छ । ढाकामा जारी च्याम्प्यिनसिपको सेमिफाइनलको पहिलो हाफमा समाप्तीमा नेपाल १–० ले पछाडि रहेको छ ।

कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बसक्सको केहि बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । अक्रमको प्रहार रोक्न नेपाली रक्षक सुमन अर्यााल र गोलकिपर किरण चेम्जोङले रोक्न सकेनन् । नेपाली टोली आज खेलको सुरुवातबाट लयमा देखिएन। लगातारको वर्षाले मैदान चिप्लो हुँदा नेपाली टोलीको कुनै पनि मुभ सोचे अनुरुपको भएको थिएन ।

२७ औं मिनेटमा चट्याङ र वर्षाको कारणदेखाउँदै आयोजकले रेफ्रीलाई खेल्न स्थगित गर्न लगाएका थिए । झन्डै आधा घन्टा पछि खेल सुरु हुँदा नेपाली टोली केहि लयमा देखिएपनि बराबरी गोल फर्काउन सकेन ।

सार्क गोल्ड कप र साफ च्याम्पियनसिप गरि २५ वर्षे इतिहासमा नेपाल सेमिफाइनल पुगेको चौथो पटक हो । यसअघि नेपाल सन् १९९९, २०११, २०१३ मा सेमिफाइन पुगेको थियो । अहिले सम्म नेपाल फाइनल पुगेको छैन ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.