7 years ago
September 12, 2018
प्रकाश तिमल्सिना
ढाका – हरेक पटक दाबेदारका रुपमा हेरिने नेपाली फुटबल टोली साफ च्याम्यिनसिप (साफ सुजुकी कप) को फाइनल पुग्न फेरि असफल भएको छ । ढाकामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । १९ वर्षको बीच चौथो पटक सेमिफाइनल खेल्दा नेपाललाई एक पटक पनि सफलता मिल्न सकेको छैन ।

अघिल्ला तीन सेमिफाइनलमा जस्तै खेलमा पुनरागमन गर्न नसक्दै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको छ । नवौं मिनेटमा माल्दिभ्सका कप्तान अक्रम अब्दुल घानीको फ्रि किक गोलमा नेपाल पछि परेको थियो । पेनाल्टी बक्सको केहि बाहिरबाट उनले गरेको प्रहारलाई रोक्न रक्षक सुमन अर्याल र गोलपिकर किरण चेम्जोङ पूर्ण रुपमा असफल भएका थिए । खेलको अन्ततिर इब्राहिम हसान वाहिदले २ गोल गर्दै नेपालको खेलमा फर्कने सम्भावना चकनाचुर पारेका थिए ।
नेपाली रक्षकहरुले बल क्लियर गर्न नसकेको फाइदा उठाउँदै उनले ८४ औं र ८७ औं मिनेटमा गोल गरे । दशरथ रंगशालामा हिलो मैदान हुँदा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शन गर्ने गरेको नेपालले बंगबन्धु रंगशालामा भने त्यो लय देखाउन सकेन । हरेक पटक नेपाली रक्षक विट भएका थिए । केहि राम्रा मौका पाउँदा पनि टोली खेलमा फर्कन सकेन ।

यसअघि तीनै सेमिफाइनलमा नेपाल पछि परेर खेलमा फर्कन असफल भएको थियो । च्याम्पियनसिपका पछिल्ला दुई सेमिफाइनलमा जस्तै नेपालले यसपटक पनि गोल गर्न सकेन । सन् १९९९ को सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । नेपालले ६२ औं मिनेटमा २ गोल गरेपछि नेपालले ७४ औं मिनेटमा गोल फर्काएको थियो ।
नेपालका लागि अहिलेका नेपाली टोलीका प्रशिक्षक बाल गोपाल महर्जनले गोल गरेका थिए । त्यसपछि २०११ र २०१३ को सेमिफाइनलमा नेपाल दुवै पटक अफगानिस्तानसँग १–० ले पराजित भएको थियो । २०११ को सेमिफाइनलमा थप समयमा (१११ मिनेट) मिनेटमा गोल खाएको नेपालले २०१३ मा काठमाडौंमा भएको च्याम्पियनसिपमा ११ औं मिनेटमा गोलको सामना गरेको थियो ।

सेमिफाइनलमा पछि परेको इतिहासलाई बदल्न नसेपछि नेपाल फेरि एक पटक निराश भएर स्वदेश फर्कने भएका छ । आजै अर्को सेमिफाइनलमा भारत र पाकिस्तान खेल्दै छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]