default_image

7 years ago

September 13, 2018

ओलावाले मनाङमा अनुबन्धित

97 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब लक्ष्मी हुन्डाई मनाङ–मस्र्याङ्दी क्लबले अफिज ओलावाले ओलाडिपोलाई क्लबमा अनुबन्ध गरेको छ ।

क्लबले नाइजेरियन फरवार्ड ओलावालेलाई बुधबार एक सिजनको लागि अनुबन्ध गरेको हो । मनाङले करिव पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई मध्यनजर गर्दै क्लबले आफ्ना पुर्व फरवार्ड ओलावालेलाई क्लबमा अनुबन्ध गरेको बताइएको छ । उनको अनुबन्ध रकम खुलाइएको छैन । ‘ए’ डिभिजन लिग असोज १३ गतेबाट शुरु हुदैछ ।

२३ वर्षीय ओलावाले करिव दुई वर्षपछि मनाङमा फर्किएका हुन् । उनी अहिले बंगलादेश प्रिमियर लिग क्लब रहमतगन्ज मुस्लिम फ्रेन्डस् सोसाइटी (एमएफएस) मा रहेका थिए । उनले ६ खेलमा ३ गोल गरेका थिए । त्यसअघि उनी अवहनी लिमिटेड चितगोङमा विताएका थिए । उनले १३ खेलमा ६ गोल गरेका थिए ।

 

 

 

 

अन्नपूर्ण क्लब आरसिटीबाट नेपाली फुटबल खेल्न शुरु गरेका ओलावालेले त्यसपछि रुस्लान थ्री स्टारबाट पनि व्यावसायिक फुबबल खेलेका थिए ।

सन् २०१६ मा मनाङमा रहेका ओलावालेले २४ खेलमा २० गोल गरेका थिए ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.