7 years ago
September 13, 2018
ढाका (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिपअन्तर्गत बुधबार सेमिफाईनलमा माल्दिभ्ससँग पराजित हुँदै नेपालको उपाधि जित्ने सपना पनि चकनाचुर भयो । प्रतियोगितामा गोलको खाता खोल्न नसकेको टोलीले नेपाललाई ३-० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । यता सबैभन्दा बढी गोल गरेको नेपालले भने एक गोल पनि गर्न सकेन । कहाँ चुक्यो नेपाल ?

सेमिफाइनल खेलमा टोली छनोट:
माल्दिभ्सविरुद्धको खेलमा सुरुआती ११ लाई लिएर निकै आलोचना हुनु जायज थियो । अघिल्लो खेलमा पहिलो रोजाईमा परेर पनि राम्रो प्रदर्शन गर्न नसकेका निराजन खड्का र भरत खवासले फेरीपनि स्थान बनाए । त्यसअघि वैकल्पिक खेलाडीका रुपमा राम्रो प्रदर्शन गरेकै भरमा लगातार दुई खेल उनीहरुलाई विश्वास गर्ने प्रशिक्षकको रणनीति सफल भएन ।
फर्ममा रहेका विशाल राई र नवयुग श्रेष्ठलाई मौका नदिनु महँगो भयो । खेलदौरान पनि सुरुआत देखि फिक्का देखिएका निराजनलाई परिवर्तन गर्न प्रशिक्षक बालगोपाल महर्जनले धेरै समय लिए । भरत खवासले खेलको पहिलो हाफमा पाएको सुवर्ण अवसर गुमाउनु खेलको टर्निङ पोइन्ट बन्यो ।

माल्दिभ्सलाई कमजोर आँक्नु :
माल्दिभ्स र नेपालको इतिहास जस्तोसुकै भएपनि प्रतियोगितामा स्थिति फरक थियो । अहिलेसम्म नेपालले पराजित गर्न नसकेको टोली हो माल्दिभ्स । भनिन्छ कहिलेकाहिँ इतिहासले वर्तमान फर्मलाई पनि असर पार्छ र सेमिफाइनल खेलमा त्यस्तै भयो । माल्दिभ्सका कप्तान अक्रमले नवौं मिनेटमा गरेको गोलबाट नै माल्दिभ्स टोली आत्मविश्वासी देखियो । रक्षात्मक रुपमा बलियो माल्दिभ्स आक्रमणमा पनि समस्या दिइरहेको थियो । जबकी खेलअघि फाइनलबारे बोलेका नेपाली खेलाडी आक्रमणमा फितलो र रक्षात्मक रुपमा पनि कमजोर देखिए ।

प्रतिकुल मौसमको कमजोर तयारी:
खेलदौरान वर्षा र चट्याङका कारण पहिलो हाफको २७ मिनेटपछि खेल आधा घण्टा रोकियो । नेपाली खेलाडी भिजेको लुगामा पूरा समय बस्न बाध्य भए । उनीहरुले प्रयोग गर्ने बुट पनि हिलाम्मे मैदानको लागि उपयुक्त नभएको खेलमा चिप्लिएका दृश्यले प्रष्ट बताउँथ्यो । यता माल्दिभ्सले भने मध्यान्तरपछि नै जर्सी पुरै परिवर्तन गरेको थियो भने हिलाम्मे मैदानलाई उपयुक्त बुट लगाएको थियो । हिलोले भिजेको जर्सीमा खेल्न अप्ठेरो हुन्छ नै, फ्रिकिक हान्दा खेलाडी चिप्लिएको दृश्य लाजमर्दो नै थियो ।

डिफेन्सको खराब दिन:
नेपाली डिफेन्स माल्दिभ्सविरुद्ध खेलअघि उच्च लयमा थियो । लगातार दुई क्लिनसिटका कारण मनोबल उच्च थियो । तर फ्रिकिक गोलमा पछाडी परेपछि आक्रमणले दबाब झेल्न नसक्दा डिफेन्सले पनि हतारिएको देखियो । संयमित हुनुपर्ने नेपाली डिफेन्स आक्रमणमा जाने हतारमा गल्ति गरेको देखिन्थ्यो । मैदानका कारण पनि केहि गल्ति हुँदा माल्दिभ्सले फाइदा उठाउन सक्यो । अन्तिमतिर गोल थप्ने धुनमा हतारिएको डिफेन्स आफ्नै गल्तीले ३-० ले पराजित हुन पुग्यो ।
प्रतियोगितामा अन्य पक्ष पनि रहयो जहाँ नेपाली टोलीले सुधार गर्न सक्थ्यो । नेपालमा गरेको तयारी अनुसार खेल्न नसक्नु र उपलब्ध खेलाडीको प्रयोग राम्रोसँग नहुनु पनि हारका कारण बने । केहि उपयुक्त खेलाडी नेपालमै रहनुले पनि टोलीको प्रदर्शनमा असर परेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]