7 years ago
September 14, 2018
म्यानचेस्टर (एजेन्सी) – स्पेनिस राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर डेभिड सिल्भाले आठ बर्ष अघि म्यानचेस्टर सिटी आउनु जिवनकै सबैभन्दा उत्कृष्ट निर्णय भएको बताएका छन् । ३२ बर्षीय सिल्भा २४ बर्षको उमेर हुँदा सन् २०१० मा भ्यालेन्सियाबाट सिटीमा अनुबन्ध भएका थिए ।

अधिकांश स्पेनिस खेलाडीहरु बर्सिलोना वा रियल मड्रिडका लागि खेल्छन् । उनलाई पनि त्यसबेला रियल र बार्सिलोना दुवैले अनुबन्धन गर्ने इच्छा देखाएका थिए । तर, उनको सिटी जाने निर्णय जिवनको सहि निर्णय सावित भएको उनले बताएका छन् । ‘सिटी मलाई चाहन्थो, ’ सिल्भाले भने, ‘क्लबले डिसेम्बर देखि मलाई फोन गरिरहेको थियो । क्लब प्रतिनिधिले मलाई खेल्न आउनका लागि आग्रह गरिरहेका थिए । मैले सोचे, मलाई को चाहन्छ ? सिटी मलाई चाहन्छ त त्यहाँ म जाने छु ।’
उनले थपे, ‘फेरी म आफ्नो आमा बुबासँग बस्दै आएको थिए र आफ्नो ठाँउ छोड्दै अर्को ठाँउ जाने निर्णय गरेको थिए । जहाँ मेरो नयाँ जिवन जिउने समय थियो । तर, हाल थाहा भयो की मैले सहि कदम चालेको रहेछु ।’ सिल्भाले सिटीलाई तीन प्रिमियर लिग उपाधि जिताउनने क्रममा टोलीका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएका छन् । सन् २०११ मा सिटीले एफए कप उपाधि जित्दै सुरुआत गरेको थियो । जो अहिले सम्म उनकोे क्लबको हाइलाईट हो ।

एक पटक विश्वकप र दुई पटक युरोपियन च्याम्पियनसिप जितेका सिल्भाले यस सिजन प्रिमियर लिगका तीन खेल खेल्दै एक गोल गरि सकेका छन् । उनले म्यानचेस्टर क्लबबाट सात प्रमुख ट्रफि जितिसकेका छन् । ‘एक पटक उपाधि जितेपछि तपाईं फेरी अर्को जित्नका लागि अगाडी बढ्नुहुन्छ । त्यो राम्रो कुरा हो, ’ उनले भने, ‘स्पेनिस राष्ट्रिय टिममा पनि यस्तै भएको छ । पहिलो उपाधि जितेपछि हाम्रो शैली नै परिवर्तन भयो र हामीले लगातार उपाधि जित हासिल गर्यौं । त्यसैले सिटीका लागि एफए कप एक सच्चा हाइलाइट हो ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]