default_image

7 years ago

September 13, 2018

मापसेमा समातिएका फ्रान्सका कप्तान लोरिसलाई २० महिना प्रतिबन्ध

122 views

0 Bookmark

लन्डन (एजेन्सी)– विश्वकप विजेता तथा फ्रान्सका कप्तान ह्युगो लोरिसलाई २० महिना सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाएको छ । मादक पदार्थ पिएर सवारी चलाएको आरोपमा लोरिसलाई २० महिने सवारि साधन चलाउनबाट प्रतिबन्ध लगाईएको हो ।

बेलायती मिडियाका अनुसार ३१ वर्षीय टोटनह्याम हटस्परका गोलरक्षक लोरिसले पछिल्लो महिना मादक पदार्थ पिएर सवारी चलाएपछि लन्डन केन्द्रिय पुलिसले पक्राउ गरेका थियो । जुलाईमा फ्रान्ससँग विश्वकप विजेता लोरिसलाई लन्डन केन्द्रिय पुलिसले ५० हजार पाउण्डको जरिवना पनि तिराएको छ । मादक पदार्थ सेवन गरेपछि लोरिसले १५ किलोमिटर प्रति घण्टा चलाउनु पर्ने बाटोमा ३० किलोमिटर प्रति घण्टाको गतिमा गाडी गुडाइरहेको पाइएको थियो ।

लोरिसले आफुलाई सुधार्नका लागि एक वर्ष आफ्नो गाडी चलाउन बन्द गर्नु पर्ने अदालतले आदेश दिएको छ । लोरिसले आफूले गरेको गल्तीका लागि माफी माग्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । ‘ म परिवार, क्लब, सहकर्मी प्रशिक्षक र सम्पूर्ण समर्थकसामु माफी माग्न चाहन्छु । मादक पदार्थ पिएर गाडी चलाउनु भुल थियो । मैले यसको पूर्ण जिम्मेवारी लिँदै आगामी दिनमा गल्ति नदोहोर्याउने प्रण गर्छु,’ उनले भनेका छन् ।

क्लबले भने यस घटनालाई गम्भीर रुपमा लिएको र छिट्टै यसबारे आफ्नो धारणा प्रस्तुत गर्ने बताएको छ । सन् २०१२ मा ओलम्पिक लियोनाइसबाट स्पर्समा अनुबन्ध भएका लोरिसले पछिल्लो महिना पुलिसद्धारा लागेको आरोप पछि पनि माफी मागेका थिए । पक्राउ परेपछि म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्दाको खेलमा खेलेका उनले त्यसपछि भने चोटका कारण खेलेका छैनन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.