7 years ago
September 13, 2018
लन्डन (एजेन्सी) – इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटका अनुसार म्यानचेस्टर युनाईटेडका युवा फरवार्ड मार्क्स रासफर्ड ‘विशेष प्रतिभा’ रहेको बताएका छन् ।

साउथगेटले युवा फरवार्ड रासफर्डलाई आफ्नो विकासका लागि समय चाहिएको बताएका छन् । ‘उनले भविष्यमा एक विश्व सुपस्टारको गति लिन सक्छन्,’ साउथगेटले प्रशंसा गर्दै भने । स्विटजरल्यान्डविरुद्ध मैत्रीपूर्ण खेलमा विजयी गोल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । क्लब फुटबलमा कमै मौका पाएका रासफर्ड अन्तर्राष्ट्रिय प्रतियोगितामा भने प्राथमिकतामा पर्ने गरेका छन् । मैत्रीपूर्ण खेलमा उनले १० नम्बर जर्सी नै लगाएका थिए ।
के उनी इंग्ल्यान्डका लागि क्रिस्टयानो रोनाल्डो बन्न सक्छन् ? उनले रासफर्डलाई पोर्चुगल तथा युभेन्ट्सका स्टार खेलाडीसँग तुलना गरेका छन् । उनले रासफर्ड २० बर्षको उमेरमा रानाल्डो भन्दा पनि राम्रो भएको दावी पनि गरे । मंगलबार स्वीटजरल्यान्डविरुद्धको निर्णायक गोलसँगैरासफर्डका लागि घरेलु तीन अन्तर्राष्ट्रिय खेलबाट एक गोल भइएको छ । साउथगेटले उनलाई अझैपनि सुधार गर्न सकिने बताएका छन् । उनी खेल समय देखि रासफर्ड प्रति प्रभावित भएका छन् ।

रासफर्ड युवा दुनियाको शीर्ष खेलाडी मध्ये एकमा विकसित हुन सक्ने साउथगेटले बताए । ‘उनी एक विशेष प्रतिभा हुन् । हामीले याद गर्नु पर्छ की त्यो उमेरमा ह्यारी केनले स्पर्सका लागि कति खेल खेलेका थिए र’, साउथगेटले भने, ‘तपाई रासफर्डलाई अन्य शीर्ष खेलाडीसँग तुलना गर्न पनि सक्नुहुन्छ । त्यो उमेरमा रोनाल्डोले केहि कदम राम्रो गरिरहेका थिए । तर, रोनाल्डो बन्न उनले लक्ष्य परिवर्तन गर्न सक्दैनन् । त्यसैले रासफर्डलाई विकसित गर्ने समय दिनु पर्छ ।’
उनले थपे, ‘उनले अहिले पनि धेरै फुटबल खेलेका छन् । उनले लगातार फुटबल खेल्न पाइरहेका छैनन् । तर वास्तवमा म उनीसँग खुसी छु । अहिले पनि उनी आत्मविश्वासले भरिएका छन् ।’
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]