7 years ago
September 13, 2018
मिलान (एजेन्सी)– पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो इटाली पुगेदेखि नै अनेक कोणबाट बहस सुरु भएको छ । कतिपयले युभेन्ट्स जाने उनको निर्णयको सहि मानेका छन् भने कतिपयले शंकाको नजरले हरेका छन् । यसबीचमा रोनाल्डोको आगमनले सिरि एमा राम्रो प्रभाव परेको मान्ने इन्टरका रक्षक स्टेफन डे भ्रिज उनीबाट भन्दा पेरिस सेन्ट (पिएसजी) का युवा स्टार केलिनय एमबाप्पेबाट बढी प्रभावित छन् ।
भ्रिज पाँच पटकका बेलोन डि ओर विजेता रोनाल्डो भन्दा एमबाप्पे राम्रो खेलाडी मान्छन् । रोनाल्डोले सिरि एमा अहिले सम्म प्रभाव जमाउन सकेका छ्रैनन् । रियल म्याड्रिडमा नौ वर्ष सफल खेल जीवन विताएका रोनाल्डो यहि सिजनको सुरुवातमा टुरिन पुगेका थिए । रियलमा मात्र उनले ४ चार पटक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।
३३ वर्षे रोनाल्डोको सुरुवात राम्रो हुन सकेको छैन । सिरि ‘ए’को ३ खेल सम्म उनले गोल गर्न सकेका छैनन् । ‘रोनाल्डोको आगमनले सिरि एमा प्रभाव पार्छ,’ भ्रिजले भने, ‘ उनी आएपछि मैले पनि उनको प्रदर्शनमा ध्यानमा राख्न थालेको छु । उनको आगमन इटाली फुटबलका लागि राम्रो हो । यसले सिरि ‘ए’ मा पनि सकारात्मक प्रभाव पर्नेछ ।’
उनले रोनाल्डो र एमबाप्पेको तुलाना पनि गरेका छन् । भ्रिजले स्मरण गरे, ‘सन् २०१४ को विश्व कप अघि मैले पोर्चुगलसँगको मैत्रीपूर्ण खेल खेलेको थिए । १–१ को बराबरी भएको खेलमा कर्नरमा रोनाल्डोले गोल गरेका थिए । म्यानचेस्टर युनाइटेड र रियलमा थुप्रै उपाधि जितेका रोनाल्डो भन्दा आफुले खेलेमध्ये एमबाप्पले उत्कृष्ट फरवार्ड भएको उनको बुझाई छ ।
अहिले सम्म सामना गरेको उत्कष्ट को हुन् भन्ने प्रश्नमा भ्रिजले भने, ‘मेरो नजरमा एमबाप्पे ।’ १९ वर्षे एमबाप्पले सम्मिलित फ्रान्सेली टोलीले २०१८ को विश्व कप उपाधि जितेको थियो । एमबाप्पे विश्व कपका उत्कृष्ट युवा चुनिएका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]