7 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियन्सिपको समूह चरणको ड्र बिहिबार बंगलादेशमा सम्पन्न भएको छ । डिसेम्बर १७ देखि २६ सम्म हुने प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन ।

समूह चरणको ड्रमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, भुटान र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारत सँग पराजित हुँदै घर फर्केको थियो । त्यसअघिका संस्करणमा भने नेपाल फाइनलमा भारतसँग पराजित हुँदै आएको थियो ।
यसपटक हुने प्रतियोगिताको पाँचौ संस्करण श्रीलंकाले गर्ने सम्भावना बलियो रहेको छ । साफका महासचिव अन्वरुल हकले प्रतियोगिताको समूह चरण ड्रमा यस्तो प्रतिक्रिया दिएका हुन् । ‘ श्रीलंकाले गर्ने सम्भावना बढी छ । यदि त्यसो हुन सकेन भने नेपाल पनि विकल्पको रुपमा अगाडी आएको छ । महिनाको अन्त्यसम्म त्यसको छिनोफानो हुनेछ,’ महासचिवले भने ।
समूह चरण ड्र:
समूह ‘ए’ : बंगलादेश, नेपाल, भुटान, पाकिस्तान
समूह ‘बी’ : भारत, माल्दिभ्स, श्रीलंका
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]