7 years ago
September 14, 2018
मस्को (एजेन्सी) – रुसमा केहि महिनाअघि सम्पन्न विश्वकप फाइनल दौरान मैदान प्रवेश गरेर विरोध जनाएका ‘पुसी राएट’ का सदस्य पिटर भर्जिलभलाई गम्भीर अवस्थामा अस्पताल लागिएको छ । उनको पारीवारिक स्रोतका अनुसार उनलाई कसैले विष खुवाएका कारण आकस्मिक अस्पताल लागिएको हो ।

विश्वकप फाइनलको मुद्दामा मंगलबार अदालतमा उपस्थित भएपछि बिमारी परेका उनलाई अस्पताल लागिएको छ । उनीसंगै अदालत पुगेकी वेरोनिका निकुल्शिनाले पिटरले राम्रोसँग देख्न, बोल्न र हिड्न पनि छाडेको बताएकी छिन् । उनका अनुसार सुरुआती परिक्षणमा डाक्टरले खासै गम्भीर नदेखिएको बताएपनि केहिबेर पछि भने अस्पतालको विषालु पदार्थ रहेको बिमारी कक्षमा भर्ना गरे ।
मेडुजा नामक रसियाली संचार माध्यमले पिटरको पारीवारिक स्रोतसँग सम्पर्क गर्दै उनी आइसीयुमा रहेको जानकारी दिएको छ । स्रोतका अनुसार पिटर अहिले आँखाले मात्र संकेत गर्ने अवस्तामा छन् । मस्कोस्थित स्क्लिफोभोसकी अस्पतालमा रहेका सदस्यले पनि पिता गम्भीर अवस्थामा रहेको बताए । उनको स्वास्थ्य अवस्थाबारे भने यकिन नतिजा आउन सकेको छैन ।

पिटरले सन् २०१२ मा यस्तै किसिमको विरोध प्रदर्श गरेकी नदेझ्दा तोलोकोनिकोभासँग विवाह गरेका हुन् । त्यसबेला विरोध गरेको अभियोगमा नदेझ्दालाई २ वर्ष जेल सजाय भएको थियो । उनले ‘पिटरलाई विषालु खानेकुरा खुवाएर निकै गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको छ ,’ भन्दै ट्विट गरेकी छिन् । रायट समूहका अर्का सदस्य मारियाले पनि सोहि तथ्य रहेको ट्वीटमार्फत जनाएकी छिन् ।
पिटर क्यानाडाका नागरिक हुन् र उनले सन् २०१२ देखि रायट समूहको प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका छन् । विश्वकप फाइनलमा विरोध गरेका कारण उनीहरुलाई १५ दिन जेल सजाय दिइएको थियो । रायट समूहले रुसमा मानवअधिकार हनन भएको विरोधमा उक्त कदम चालेको बताएका थिए ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]