7 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले साफ च्याम्पियनसिपमा फेरि पनि सेमिफाइनलबाट अघि बढ्न नसकेकोमा दुःख मनाउ गरेका छन् । ढाकामा जारी साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको थियो ।

अहिले सम्म चार पटक सेमिफाइनल खेलेको नेपाली टोलीका लागि पछिल्ला तीन सेमिफाइनलमा किरणले नै पोष्ट सम्हालेका थिए । ‘यसपटक हामीले जित्ने राम्रो सम्भावना थियो । तर दुर्भाग्य सेमिफाइनलबाट अघि बढ्न सकेनौं, ‘ बिहीबार स्वदेश फर्केपछि किरणले भने, ‘अब यस्तै सम्भावना फेरि बन्ला नबन्ला ।’
पाकिस्तानसँग २–१ ले पराजित हुँदै समूह चरणको सुरुवात गरेपनि त्यसपछिका दुई खेलमा नेपाली टोलीले उच्च प्रदर्शन गरेको थियो । भुटानविरुद्ध किरणको कप्तानीमा उत्रेको टोली ४–० ले विजयी भयो भने अर्को खेलमा बंगलादेशलाई २–० ले पराजित भएको थियो ।
समूह चरण सकिदा धेरैको अनुमान थियो, नेपाल सहजै फाइनल पुग्नेछ । तर, अपेक्षा अनुसार नेपाली टोली प्रदर्शन गर्न चुक्यो । नवौं मिनेटमा माल्दिभ्सले खेलमा अग्रता बनायो, त्यसलाई जोगाएन मात्र अन्त्य तिर थप दुई गोल गर्न सफल भयो । जसले नेपाल सेमिफाइनलमा अहिले सम्मकै ठूलो अन्तरमा पराजित भयो । पछिल्ला दुई संस्करण (सन् २०११ र २०१३) को सेमिफाइनलमा नेपाल समान १–० ले पराजित भएको थियो । १९९९ को सेमिफाइनलमा नेपाल २–१ ले पराजित भएको थियो ।

माल्दिभ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका किरणले सेमिफाइनलमा आफ्नै सहकर्मीको दुई गोलको सामना गर्नुपरेको थियो । इब्राहिम वाहिद हसनले ८४ औं र ८६ औं मिनेटमा गोल गदै खेलमा फर्कने नेपालको सम्भावनालाई समाप्त पारेका थिए । किरण र इब्राहिम टिसी स्पोर्टस्बाट खेल्दै आएका छन् । माल्दिभ्स र भारतबीच शनिबार फाइनल हुनेछ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]