7 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नवप्रवेशी ललितपुरको च्यासल युवा क्लबले क्लबको मुख्य प्रशिक्षकको रुपमा राजुकाजी शाक्यलाई अनुबन्ध गरेको छ ।क्लबले झन्डै पाँच वर्षपछि हुन लागेको शहिद स्मारक ‘ए’ डिभिजन लिगलाई शाक्यलाई अनुबन्ध गरेको हो । उनको अनुबन्ध असोज महिनाबाट लागु हुनेछ । प्रशिक्षक शाक्यले सिनियर राष्ट्रिय टिम, मनाङ–मस्र्याङ्दी क्लब, न्युरोड टिम एनआरटी जस्ता क्लबको प्रशिक्षण गराइसकेका छन् ।
च्यासलको मुख्य प्रशिक्षकमा नियुक्त भएपछि प्रशिक्षक शाक्यले आफ्नो अनुबन्ध लिग अवधि भरको लागि भएको बताए । उनले अनुबन्ध रकम भने खुलाउन चाहेनन् । प्रशिक्षकमा नियुक्त भएसँगै शाक्यले क्लबलाई च्याम्पियन बनाउने लक्ष्य रहेको बताउदै च्याम्पियन बन्न नसके राम्रो पोजिसनमा लिग अन्त्य गर्ने योजना रहेको सुनाए ।
‘च्यासल ‘ए’ डिभिजनमा नयाँ क्लब हो । हामी पहिलो सहभागितामै क्लबलाई च्याम्पियन बनाउने लक्ष्यमा छौं । राम्रा र अनुभवी खेलाडीलाई क्लबमा अनुबन्ध गर्ने प्रयास गरेका छौं । केही अनुभवी खेलाडी क्लबमा अनुबन्ध भैसकेका छन् ।’ प्रशिक्षक शाक्यले हाम्रो खेलकुदसँग भने, ‘अनुभवी खेलाडीको साथले हामीले च्याम्पियन बन्ने योजनामा छौं । च्याम्पियन बन्न नसके हाम्रो लक्ष्य एभरेजमा आउने हुनेछ । हामीले प्रयास गर्ने हो । खेलाडी अनुबन्धको लागि हामीसँग समय बाँकी छ ।’
प्रशिक्षक शाक्यले विदेशी खेलाडी अनुबन्धको लागि प्रयास भैरहेको बताए । क्लबले भापा–११ का अधिकांश खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । राष्ट्रिय टिमका सदस्यसमेत रहेका डिफेन्डर देवेन्द्र तामाङ, हेमन्त थापामगर, दिनेश थापामगर र योगेश गुरुङलाई क्लबमा अनुबन्ध गरिसकेको छ । विश्व अधिकारी, अमिर श्रेष्ठ, यु–१९ का छिरिङ गुरुङ र गौरव बुढाथोकीलाई पनि क्लबमा अनुबन्ध गरिसकेको छ ।
‘ए’ डिभिजन लिग यही असोज १३ गतेबाट शुरु हुदैछ । करिव ५ महिनासम्म चल्ने लिगमा १४ ‘ए’ डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछन् । च्यासल २०७३ को ‘बी’ डिभिजन लिग च्याम्पियन बन्दै ‘ए’ डिभिजनमा बढुवा भएको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]