default_image

7 years ago

September 15, 2018

‘माउरिन्होको भावुकता वास्तविक’ – लुकाकु

106 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनााइटेडका मुख्य प्रशिक्षक जोसे माउरिन्होको भावुकता झुटो नभएको युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुले बताएका छन् । अगस्टमा ओल्ड ट्राफोर्डमा टोटनह्यासँग भएको खेलमा ३–० ले पराजित हुँदा उनले मिडियाको सामना गर्दा आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

स्ट्राइकर लुकाकुले इंग्लिस प्रिमियर लिगमा अन्य प्रशिक्षकहरु जस्तो झुटो पीडा मोउरिन्होको नभएको बताए । लुकाकुले भने, ‘उहाँ यस्तो व्यक्ति हुन जसले नयाँ खेलाडीहरुलाई मैदान भित्र्याउछन् र पुराना खेलाडीलाई राम्रो बनाउछन् । त्यसैले उनलाई सम्मान चाहिन्छ । किनकि, उनलाई सम्मान दिनु हाम्रो कर्तव्य हो । तर, सधै उनले जित्नुपर्छ भन्ने सबैको सोच हुन्छ ।’

बेल्जियमका फरवार्ड लुकाकुले थपे, ‘मलाई अचम्म लाग्छ की किन अरु उनको वास्तविकतालाई मन पराउदैनन्। जब उनी ममाथि पागल हुन्छन् त मलाई थाहा छ उनी मेरा लागि पागल छन् भनेर । म जे चाहन्छु त्यो गर्ने कोसिस गर्द छु । ताकी उनी खुसी हुन् ।’ प्रिमियर लिग अन्तर्गत दुई साता अघि टोटेनहम र युनाइटेडबीचको खेलअघि माउरिन्होले मिडियासामु आफुलाई सम्मान दिनुपर्ने भन्दै रिसाएका थिए ।

Lukaku

रोमेलु लुकाकु – म्यानचेस्टर युनाइटेड

यस्तै लुकाकुले वास्तविकता नलुकाउने मोउरिन्होको बानी आफूलाई मन पर्ने बताए । ‘मलाई उनको एक कुरा मन पर्छ, उनले कहिल्लै झुटो पीडा देखाउदैनन् । जब उहाँ रिसाउँछन्, उहाँ रिसाएको देखिन्छ । जब उहाँ हसिलो हुन्छन् सबैले उनलाई हसिलो देख्न सक्छन् ।’ लुकाकुले भने, ‘मलाई थाहाँ छैन मान्छेहरु किन मन पराउदैनन् उनको वास्तविकता ।’

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.