7 years ago
September 14, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले जन्म दिनमा शुभकामना दिने सबैलाई आभार व्यक्त गरेका छन् । उनी शुक्रबार २१ वर्षमा प्रवेश गरेका हुन् ।

तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद
जन्मदिनमा शुभकामना दिने सबै प्रति आभार व्यक्त गर्दै विमलले भने,‘मलाई जस्तै परिस्थितिमा पनि साथ दिदै आउनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद । यसरी नै तपाईहरुको साथ पाइराखौं । जतिको मैले वर्थडे विस रेसपन्स गर्न सकिन हाम्रो खेलकुदमार्फत क्षमा माग्दै धन्यवाद दिन चाहन्छु ।’
उनले जन्मदिनको खुसी साफको उपाधि जितेर मनाउने लक्ष्य हुँदाहुँदै सेमिफाइनलमा रोकिनु पर्दा दुख व्यक्त गरे । ‘ सायद आजको दिन हामी फाइनलको तयारीमा हुनुपर्ने थियो । सेमिफाइनलमा अपेक्षित नतिजा हात पार्न नसक्दा फाइनल पुग्न बन्चित भयौं । हामीले सुधार गर्नुपर्ने पक्ष देखेका छौं र आउने दिनमा सफलता हात पर्न सुधार गर्दै अगाडी बढ्नेछौं ,’ विमलले भने । उनले बंगलादेशमा मैदानमा पुगेर हौसला बढाएका र नेपालमा रहेर टोलीको लागि समर्थन गरेका सम्पूर्ण दर्शकलाई धन्यवाद व्यक्त गरे ।

तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद
विमलसहित नेपाली टोली बिहीबार मात्र बंगलादेशको ढाका जारी साफ च्याम्पियनसिपको सेमिफाइनल खेलेर फर्केको थियो । व्यक्तिगत रुपमा विमलले उच्च प्रदर्शन गरेको साफमा नेपाल सेमिफाइनल सम्म पुग्यो, तर फाइनल पुग्न फेरि पनि असफल भएको थियो । माल्दिभ्ससँग ३–० ले पराजित हुँदै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको थियो ।
विमलले भने यो पटक नेपाली टोलीका लागि सबैभन्दा बढी २ गोल गरेका थिए । त्यो सँगै विमलको अन्तर्राष्ट्रिय गोल संख्या ८ पुगेको छ । पाकिस्तानविरुद्ध २–१ को हारमा गोल गरेका विमलले आयोजक बंगलादेश २–० को जितमा फ्रिकिकमार्फत गोल गरेका थिए ।
उनले टोलीलाई साफ च्याम्पियनसिप उपाधि जिताउन नसकेकोमा समर्थकसँग माफी पनि मागेका छन् । ‘यो पटक हामीले समूह चरणमा उच्च प्रदर्शन गरेका थियौै । दुर्भाग्य सेमिफाइनलमा सोचे अनुरुप खेल्न सकेनौं,’ विमलले भने,‘ यो पटकको कोसिसमा पनि हामीलाई सफलता मिलेन त्यसमा साह्रै दुःख लागेको छ । तर, हामी समर्थकलाई विश्वास दिलाउन चाहन्छौं । आउने दिनमा हामी अवश्य पनि च्याम्पियन बनेर फर्केनेछौं । ’

पाकिस्तानविरुद्ध गोल गरेपछि विमल घर्तीमगर । तस्बिर: विवेक सुवेदी/हाम्रो खेलकुद
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]