7 years ago
September 15, 2018
पेरिस (एजेन्सी) – टिमका मुख्य खेलाडी नेयमार जुनियर र केलियन एमबाप्पेविनै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा प्रभावशाली जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत शुक्रबार राति भएको खेलमा पीएसजीले सेन्ट इटिनीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा जुलियन ड्राक्सलर, एडिन्सन काभानी, एन्जल डि मारिया र मौसा डिवेले गाल गरे । घरेलु मैदानमा स्टार खेलाडीद्धय नेयमार र एमबाप्पेलाई विश्राम दिइएको खेलमा पीएसजीले २३औं मिनेटमा जुलियन ड्राक्सलरको गोलबाट खेलमा अग्रता बनाएको थियो । जुलियनले मार्काे भेराट्टीको पासमा गोल गरेका थिए ।
पहिलो हाफमा १–० को अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा ३ गोल गर्न सफल भएको थियो । ५१औं मिनेटमा काभानीले पेनाल्टीमार्फत गोल गर्दै २–० को अग्रता दिलाएका थिए । ४९औं मिनेटमा पेनाल्टी पाएपनि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायता पेनाल्टी पाएको थियो । जसमा काभानी चुकेनन् ।
७६औं मिनेटमा डि मारियाले गोल गर्दै पीएसजीलाई फराकिलो अग्रतातर्फ अग्रसर गराएका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा काभानीको पासमा मौसा डिवेले गोल गर्दै पीएसजीलाई ४–० को फराकिलो जित दिलाए ।
डिफेन्डिङ च्याम्पियन समेत रहेको पीएसजीले लगातार पाँचौ जित निकाल्दै १५ अंक जोडेर यो सिजन पनि उपाधिको दावेदारको रुपमा उभिएको छ । पीएसजीसँग पराजित भएको सेन्टको ६ अंकसहित १२औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]