7 years ago
September 15, 2018
वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति सात खेल हुदैछ । अन्तर्राष्ट्रिय विश्रामपछि फेरि क्लब लिग शुरु हुन लागेको हो ।

प्रिमियर लिग अन्र्तगत आज टोटनह्याम र लिभरपुलबीच निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल हुदैछ । खेल टोटनह्यामको घरेलु मैदान वेम्वली स्टेडियममा साँझ ५ः१५ बजेपछि शुरु हुदैछ ।
यो सिजन उच्च प्रदर्शन गरिरहेको लिभरपुललाई टोटनह्यामले आफ्नो घरेलु मैदानमा पहिलो हार चखाउने योजनामा हुनेछ । टोटनह्यामको यो योजनामा ह्यारी केन, लुकास मौरा, क्रिस्टियन इरिक्सन, मौसा डिम्वेले, इरिक डेर र डेल अली मुख्य हतियार हुनेछन् ।
यता, यो सिजन उच्च प्रदर्शन गरिरहेको लिभरपुल टोटनह्यामलाई घरेलु मैदानमा स्तब्ध पार्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने योजनामा हुनेछ । लिभरपुलका साडियो माने, रोबर्टाे फिर्मिनो, मोहम्मद सलाहले जुनसुकै बेला पनि टोटनह्यामको रक्षापङ्ति तोड्न सक्दछ । यस्तो अवस्थामा लिभरपुसल प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न चाहन्छ । यि दुई टोलीबीचको पछिल्लो सिजनको दुई भेटमा टोटनह्याम सफल देखिएको छ । टोटनह्यामले पहिलो खेलमा ४–१ को जित दर्ता गर्दा दोस्रो खेलमा २–२ को बराबरी खेलेको थियो ।

टोटनह्यामले यो सिजन खेलिएको चार खेलमध्ये १ खेलमा हार बेहोरेको छ । टोटनह्याम ४ खेलबाट ९ अंकसहित पाँचौ स्थानमा छ । यता सशप्रतिशत जित निकालेको लिभरपुल ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा छ । समान १२ अंक भएपनि चेल्सी र वाटफोर्ड दोस्रो र तेस्रो स्थानमा छ ।
प्रिमियर लिगमा अन्य खेलहरु
एएफसी बोर्नामाउथ विरुद्ध लेस्टर सिटी (राति ७ः४५ बजे)
चेल्सी विरुद्ध कार्डिफ सिटी (राति ७ः४५ बजे)
हडर्सफिल्ड टाउन विरुद्ध क्रिस्टल प्यालेस (राति ७ः४५ बजे)
म्यानचेस्टर सिटी विरुद्ध फुलहम (राति ७ः४५ बजे)
न्यु क्यास्टल युनाइटेडविरुद्ध आर्सनल (राति ७ः४५ बजे)
वाटफोर्डविरुद्ध म्यानचेस्टर युनाइटेड (राति १०ः१५ बजे)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]