7 years ago
September 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – १२औं संस्करणको साफ सुजुकी कपको फाइनल खेल आज हुदैछ । बंगलादेशको ढाका जारी साफको फाइनलमा आज साफको सर्वाधिक सफल टोली भारतले माल्दिभ्सको सामना गर्दैछ ।

खेल बंगबन्धु राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार साँझ ६ः४५ बजेपछि शुरु हुनेछ । साविकको विजेता समेत रहेको भारत माल्दिभ्सलाई पराजित गर्दै साफको आठौं उपाधि जित्ने योजनामा हुनेछ । भारतले यसअघि १९९३, १९९७, १९९, २००५, २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो ।
यि दुई टोलीले समूह चरणका पनि प्रतिस्पर्धा गरेका थिए । समूह ‘बी’ मा रहेको भारतले माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो । भारत यही जितलाई निरन्तरता दिने योजनामा हुनेछ । यता, माल्दिभ्स समुह चरणमा बेहोरेको हारको बदला लिने लक्ष्यसहित मैदान उत्रनेछ । एक पटकको च्याम्पियन माल्दिभ्स भारतलाई पराजित गर्दै दोस्रो उपाधि जित्ने योजनामा हुनेछ । माल्दिभ्सले २००८ मा उपाधि जितेको थियो ।
भारतले बुधबार भएको सेमिफाइनलमा पाकिस्तानलाई ३–१ ले पराजित गर्दै माल्दिभ्ससँगको भेट पक्का गरेको हो । त्यसअघि माल्दिभ्सले नेपाललाई ३–० ले पराजित गर्दै उपाधिनजिक पुगेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]