default_image

6 years ago

September 20, 2018

रातो कार्ड खाएपछि भावुक भए रोनाल्डो

37 views

0 Bookmark

एजेन्सी – युरोपली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राती युभेन्ट्स र भ्यालेन्सियाबिचको खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो रातो कार्ड खाँदै मैदान बाहिरीए । डिफेन्डर मुरिलोलाई हातलगाएको आरोपमा रेफ्रीले अतिरिक्त रेफ्रीको सल्लाहअनुसार रातो कार्ड देखाएका थिए ।

रेफ्रीले रातो कार्ड देखाएपछि रोनाल्डो भावुक हुँदै मैदानमा लडे । उनलाई सहकर्मीले मैदानबाहिर पुर्याएका थिए । ३३ वर्षीय रोनाल्डोको यो करिअरकै ११ औं रातो कार्ड थियो । च्याम्पियन्स लिगमा भने उनी पहिलोपटक रातो कार्ड खाँदै बाहिरिएका हुन् । रातो कार्ड खाएपछि उनी यसरि बाहिरिए :

December 15, 2024

राष्ट्रिय जागृतिसँग झापा ११ को हार

हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

Success

Thank you for your time.