default_image

7 years ago

September 25, 2018

‘साफ च्याम्पियनसिप जित्न नसकेको इख छ’ – सुनील

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले गत महिना बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । एक महिना नबित्दै बंगलादेशमै अर्को चुनौतिका लागि जाने तयारीमा जुटेको छ । नेपालले अर्को साता सुरु हुने बंगबन्धु गोल्ड कपमा प्रतिस्पर्धा गर्दैछ ।

साविक विजेता समेत रहेको नेपालको सहभागिता दुई दिन अघि मात्र पक्का भएको थियो । यसअघि उपाधि जित्दा पाउने पर्ने ५० हजार अमेरिकी डलर पुरस्कार राशीको आधा मात्र पाएकोले नेपालको सहभागिता अनिश्चित थियो । तर, दुई दिनअघि पुरस्कारको सबै राशी पाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगबन्धु गोल्ड कप खेल्ने निश्चित गर्दै २० सदस्यीय टोलीको घोषणा पनि गरिसकेको छ ।

जसमा साफ च्याम्प्यिनसिपमा भन्दा २ खेलाडी मात्र परिवर्तन छन् । अनुभवी दुई खेलाडी गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द यसपटक टोलीमा छैनन् । व्यावसायिक खेलका लागि किरण माल्दिभ्स र रोहित इन्डोनेसिया गएपछि उनीको ठाँउमा महर्जनले गोलकिपर विशाल श्रेष्ठ र रक्षक तेज तामाङलाई समावेश गरेका छन् ।

५ वर्षपछि साफ च्याम्पियनसिपमा नेपाललाई अन्तिम चार सम्म पुर्याउने योगदान गर्ने मध्येका निराजन खड्का र सुनिल बलले बंगबन्धु गोल्डकपलाई लिएर उत्साहित छन् । साफ च्याम्पियनसिपमार्फत पहिलो पटक नेपाली टोलीको नियमित सदस्य बनेका सुनिलले भने,‘ हामी उत्साहित छौं । सेमिफाइनलमा हारेको इख छ । त्यति बेलाको गल्ति सुधारेर खेल्ने छौं । चुनौति कडा छ । तर पनि हामी राम्रो गर्न प्रयास गर्नेछौं ।’

माल्दिभ्ससँग पराजित हुँदै नेपाल साफ च्याम्प्यिनसिपबाट बाहिरिएको थियो । टोलीका सिनियर खेलाडी नीराजनले उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश यात्रामा निस्कने बताए । ‘हामी साविक विजेता हौं । हामीले उपाधि रक्षाको आशा लिएर जाने हो,’ उनले भने,‘ सकारात्मक नतिजाका लागि आशावादी हुनुपर्दछ ।’

उनले टोली मानसिक रुपमा निकै बलियो रहेको पनि बताए । ‘प्रशिक्षणका लागि कहिले धेरै कहिले थोरै समय पाइन्छ । सबै व्यवसायिक खेलाडी भएकाले हामी मानसिक रुपमा तयार छौं,’ उनले भने,‘ साफ च्याम्पियनसिपको गल्तिबाट सिकेर हामी अघि बढ्ने छौं । त्यति बेलाको गल्ति दोहाराउने छैनौं । ’

https://www.facebook.com/Hamrokhelkud/videos/1158081710999846/

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.