default_image

7 years ago

September 27, 2018

विमलले लिग खेल्ने, च्यासलमा आबद्ध

203 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगरले अन्ततः सहिद स्मारक ए डिभिजन लिगमा ‘डेब्यू’ गर्ने पक्का भएको छ । सहिद स्मारक ए डिभिजन लिग सुरु हुन दुई दिनमात्र बाँकी रहँदा बिहीबार २१ वर्षे विमलले नवप्रवेशी च्यासल युथ  क्लबबाट सम्झौता गरेपछि उनको डेब्यू पक्का भएको हो ।

विमल र क्लबबीच बिहीबार सम्झौता भइसकेको जानकारी दिदै च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकारले भने, क्लबकोतर्फबाट अखिल नेपाल फुटबल संघ (एन्फा) मा शुक्रबार दर्ता गर्नेछौं । ‘राष्ट्रिय टोलीका फरवार्डलाई आफ्नो टोलीमा आबद्ध गराउन पाउँदा खुसी लागेको छ,’ अध्यक्ष ब्यञ्जनकारले भने, ‘यसले टोलीका अन्य खेलाडीमा पनि हौसला मिल्नेछ ।’

गत सिजन रुस्लान थ्री स्टार क्लबबाट घरेलु फुटबल खेलेका उनलाई टोलीले यसपटक अनुबन्ध गरेन । जसका कारण विमल कुन क्लबमा आबद्ध हुने भन्ने निश्चित थिएन ।

१४ वर्षकै उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका विमलले अहिले घरेलु ए डिभिजन लिग खेलेका छैनन् । २०७० यता लिग पहिलो पटक आयोजना हुँदैछ । विमलले २०७२ को राष्ट्रिय लिग भने सुदूरपश्चिम ११ बाट खेलेका थिए ।

 

एन्फा एकेडेमीका उत्पादन विमल तीन वर्षअघि नेपालले यू १९ साफ च्याम्पियनसिपको उपाधि जित्दा टोलीको कप्तान थिए । त्यसअघिबाटै उनी नेपाली टोलीको नियमित सदस्य रहँदै आएका छन् ।

गत महिना बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाललाई सेमिफाइनल सम्म पु¥याउनमा उनको भूमिका महत्वपूर्ण रहेको थियो । पाकिस्तानविरुद्ध २–१ को हारमा गोल गरेका विमलले समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २–० ले जित्दा फ्रिकिकमार्फत सनसनीपूर्ण गोल गरेका थिए । नेपालका लागि ३१ क्याप जितेका विमलले ८ अन्तर्राष्ट्रिय गोल समेत गरेका छन् ।

यू १९ जित्दाका उनका साथी मध्ये अनन्त तामाङ र सुनिल बल थ्री स्टारमा आबद्ध भएका छन् भने अर्का स्टार अन्जन विष्ट लक्ष्मी हुन्डाई मनाङ मस्याङ्दी क्लबबाट खेल्ने तयारीमा छन् । यू १९ का पूर्व चार स्टार अहिले राष्ट्रिय टोलीका नियमित सदस्य हुन् ।

Bimal Three Star

फाइल तस्बिर

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.