7 years ago
September 29, 2018
प्रायजसो कुनैपनि फुटबल टोलीले जर्सी नम्बर सात टोलीका उत्कृष्ट मध्यका खेलाडीलाई प्रदान गर्ने गरिएको छ । प्रायजसो जर्सी नम्बर सात सेन्टर फरवर्डलाई प्रदान गरिएको देखिन्छ ।

यस रिपोर्टमा हामी विश्व फुटबलका सात त्यस्ता खेलाडी प्रस्तुत गरेका छौं जसले जर्सी नम्बर सात लगाउदै जर्सी नम्बर सातलाई अझै माथि पुर्याउन ठुलो योगदान दिएका छन् । हेरौ जर्सी नम्बर सात लगाउने महान सात खेलाडी को को हुन्:
७. एन्ड्रिय सेभचेन्को

एन्ड्रिय सेभचेन्को फुटबल इतिहासमा सात नम्बर जर्सी लगाउने खेलाडी मध्यमा सातौं नम्बरमा परेका छन् । उनी युरोपमा सबैभन्दा घातक स्ट्राइकर मध्यका एक हुन् । एक उत्कृष्ट अलराउण्डर तथा सेन्टर फरवार्ड एन्ड्रिय सेभचेन्को एक मेहनती, मजबुद र नैतिकवान थिए । उनले एसी मिलानका लागि ३२२ खेल खेले । जहाँ उनले ३२२ खेलमा १७५ गोल समेत गरेका थिए । जर्सी नम्बर सात एन्ड्रिय सेभचेन्को बेलोन डि ओरका लागि आठ पटक मनोनित भएका थिए । तर, उनले एक पटक २००४ मा बेलोन डि ओर उपाधि जितेका थिए भने दुई पटक उनी तेस्रो भएका थिए ।
६. लुइस फिगो

शताब्दीको अन्त्य तिर लुइस फिगो दुनियाका सबैभन्दा राम्रा फुटबलर थिए । उनीमा उत्कृष्ट बल नियन्त्रण र शानदार क्रसिङ क्षमता रहेको थियो । उनी छ पटक पोर्चुगिज फुटबलर अफ दि इयर भएका थिए । उनले २००० मा बेलोन डि ओर जिते । फिगोको अन्तिम सिजन बार्सिलोनामा रहेको थियो । तर, उनी रियल मड्रिड र इन्टर मिलानका लागि पनि उत्तीकै उत्कृष्ट थिए । लुइस फिगोले आफ्नो राष्ट्र पोर्चुगलका लागि १२७ खेल खेलेका थिए । फिगोले रियलमा १० नम्बर जर्सी लगाएका थिए । तर, उनले स्पोटिङ, बार्सिलोना, इन्टर मिलान र पोर्चुगलका लागि प्रतिष्ठित जर्सी नम्बर सात लगाएका थिए ।
५. केनी डाग्लिस
लिभरपुलका लेजेन्ड खेलाडी केनी डाग्लिसलाई ‘किंग केनी’ भनेर समेत चिनिने गर्दथे । मर्सिसाइडको आधा रातो भागमा केनी, इंग्ल्यान्डका उत्कृष्ट फुटबलर मध्य एक थिए । इयान रस पछि उनी दोस्रो स्ट्राइकरको रुपमा सञ्चालित भएका थिए । यससँगै उनी एनफिल्डमा आफ्नो अधिकांस समय कडा मेहनतमै गोलका लागि बिताए । उनी सेल्टिक समर्थकबीच पनि लोकप्रिय थिए । किनकी उनी लिभरपुलका प्रसंसक मध्यका एक थिए । १९८३ मा उनी बेलोन डि ओर रनर–अप बनेका थिए । केनीले एक खेलाडीका रुपमा १० लिग उपाधि र तीन युरोपियन कप जिते । उनले लिभरपुलका लागि पहिलो महान खेलाडीको रुपमा आफ्नो नाम नामाकिंत गरेका थिए ।
४. जोर्ज बेस्ट

जोर्ज बेस्ट एक अदभुत क्षमता भएका फुटकर खेलाडी हुन् । विंगर जोर्ज बेस्टले आफ्नो सानदार सिजनमा ३२ गोल गरेका थिए । जो १९६० को दशकमा एक उत्कृष्ट खेलाडीको रुपमा लगभग अन्जान थिए । आफ्नो लामो कपाल र प्ले–ब्वाईको रुपमा देखिने उनले उक्त सिजनलाई आफ्नो इतिहासमा एक ठुलो उत्सवका रुपमा मनाए । यो अचम्मको बिषय हैन की उनको जर्सी नम्बर सात ओल्ड ट्राफोर्डमा यति धेरै प्रख्यात भएको थियो । ।उनी तीन पटकका बेलोन डि ओर विजेता समेत हुन् । उनी प्रायजसो एक्लै जस्तै खेल्ने गर्दथे र फुटबल बाहिर उनको भविष्य मात्र २७ बर्षको उमेरमा राम्रो लयमा हुँदाहुँदै सकिएको थियो । तर, अझै पनि उनी सात खेलाडी मध्य चौथो स्थानमा छन् ।
३. स्टेन्ली म्याथ्युज

दुई इंग्ल्यान्डका महान खेलाडी हरेक पटक उत्कृष्ट सातमा सधै रहन्छन् । स्टेन्ली म्याथ्युज वास्तवमै विश्वका पहिला सुपरस्टार थिए । यसैले पनि होला इंग्ल्यान्डका रहेक खेलाडी आफ्नो जर्सीको पछाडी सात नम्बर लगाउन चाहन्छन् । ड्रिबलका विजार्ड नाम बदलेर म्याथ्युज एक मास्टर ट्यक्नीसियन बनेका थिए । जो बक्स भित्र घातक क्रसको सिर्जना गर्न तल्लिन र निरन्तर थिए ।
दुनियाँमा हरेक बाँया फुल–ब्याक म्याथ्युजको चाल जान्दथे । तर, कोहि पनि उनलाई रोक्न सक्दैनथे । जसमा दुनियाका धेरै सर्वश्रेष्ठ खेलाडी सहभागि थिए । उनीको करियर ३३ बर्ष सम्म फैलियो । ५० बर्षको उमेरमा समेत उनी शिर्ष स्थानमा थिए । उनले ४१ बर्षको उमेरमा बेलोन डि ओर र ४८ बर्षको उमेरमा एफडब्लुए बर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका थिए ।
२.गारिन्चा

त्यती बेला स्टेन म्याथ्युज लाई पछि पार्न एकमात्र ब्राजिलियन विंगर गारिन्चाको नाम आउछ । बेस्ट जस्तै एक उत्कृष्ट गारिन्चाले पनि प्रतिभा मदिरासँग संघर्ष गरेका थिए । तर, उनले आफ्नो फुटबल करियरमा पछि एक प्रण लिए । उनले १९५८ र १९६२ मा विश्वकप ब्राजिललाई विश्वकप जिताएका थिए । ब्राजिलले यस्तो खेल अहिले सम्म खेलेको छैन् । जसमा पेले र गारिन्चा दुबैले खेलेका थिए । गारिन्चाले सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा नौ बर्ष बिताए । पेलेको अनुपस्थितीमा गारिन्चाले १९६२ मा उपाधि जिताएका थिए ।
१. क्रिस्टियानो रोनाल्डो

आफ्नो खुट्टा र प्रतिभासँगको बलका लागि गारिन्चा क्रिस्टियानो रोनाल्डोसँग पुग्न सक्दैनन् । महान जर्सी नम्बर सातको इतिहासमा रोनाल्डोको स्थिरता र दीर्घायु सबै भन्दा बढि छ । धेरै गोल गरेका कारण र उनले जितेका ट्रफिले उनी महान खेलाडीको सुचिमा पर्दछन् । यसै कारण पनि उनी एक दशकसम्म महान खेलाडी बने । चार अलग अलग क्लबका लागि ७६८ खेलमा ५७५ गोल गरे । पाँच पटक बेलोन डि ओर जिते । पाँच पटक च्याम्पियन्स लिग रोनाल्डोको उपलब्धि हो । फुटबलको इतिहासमा अब सबैभन्दा बढि प्रतिभाशालि र प्रतिक्ष्यात्म संख्या जर्सी नम्बर सात हुन सक्ने छ । तर, रोनाल्डो भन्दा माथि कोहि छैनन् । अझै उनले थुप्रै इतिहास आफ्नो नाम लेखाउने अवसर छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]