7 years ago
September 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लब पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा एनआरटीसँग २–२ गोलको बराबरीमा रोकिएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा आज भएको पहिलो खेलमा एनआरटीका रोजित पुडासैनी र राजेश परियारले गोल गरे । आर्मीका सन्तोष तामाङले दुवै गोल गरे । खेलको शुरुवातदेखि नै आर्मीले एनआरटीलाई दवावमा राखेपनि एनआरटीले १२औं मिनेटमा गोल गर्न सफल भएको थियो । पहिलोपटक आर्मीको पोस्टमा बल पु¥याएको एनआरटीले दोस्रो पटक प्राप्त कर्नरमा गोल गर्न सफल भएको थियो । कर्नरमा प्राप्त बललाई निशान लिम्बुले प्रहार गरेको बललाई रिवाउन्डमा रोजितले गोल गर्न सफल भएका थिए ।
तर, आर्मीले ३८औं मिनेटमा पेनाल्टीमार्फत बराबबरी गोल गर्न सफल भयो । एनआरटीका खेलाडीले डि–बक्समा ह्यान्ड गरेपछि आर्मीले पेनाल्टीको मौका पाएको थियो । जसमा सन्तोष तामाङ चुकेनन् र खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पनि आर्मीले खेललाई नियन्त्रणमा लिएपनि गोलगर्न भने निरन्तर चुकिरह्यो । आर्मी गोलका लागि चुकिरहँदा ६४औं मिनेटमा एनआरटीले गोल गर्न सफल भयो । एनआरटीका स्ट्राइकर राजेश परियारले मैदानको मध्यभागबाट एक्लै चरा डिफेन्डरलाई बिट गर्दै गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाएका थिए ।
खेलमा पछि परेपछि आर्मीले आक्रमक फुटबल खेलेपनि एनआरटीको बलियो रक्षापङ्ति तोड्न हम्मे–हम्मे परेको थियो । इन्जुरी समयमा गोलरक्षकले ६ सकेन्डभन्दा बढी समय बल होल्ड गरेको भन्दै रेफ्री सुदिश पान्डेले आर्मीलाई इनडारेक्ट फ्रिकिक दिएका थिए । फ्रिकिमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई हारबाट जोगाएका थिए ।
एनआरटीका गोलरक्षक अजित प्रजापतिले आर्मीका केही गोलको मौकालाई विफल पारिदिएका थिए । उनि नै खेलको म्यान अफ दि म्याच घोसित भए ।
त्यसअघि आर्मीका नवयुग श्रेष्ठले खेलको चौथो मिनेटमा फितलो प्रहार एनआरटीका गोलरक्षक अजित प्रजापतिले सहजै बचाएका थिए । १९औं मिनेटमा कप्तान भरत खवासले डि–बक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार बाहिरिएको थियो ।
लिगको दोस्रो दिन आइतबार सरस्वती युवा क्लब र संकटा क्लबबीच दिउसो ३ बजेपछि सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा खेल हुनेछ ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]