7 years ago
September 30, 2018
लतिलपुर (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगको दास्रो दिन सरस्वती युथ क्लब र सिएमजी क्लब संकटाबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
सातदोबाटोस्थित एन्फाको एस्ट्रो टर्फमा भएको खेलमा दुवै टोलीले गोलको खाता खोल्ने प्रयास गरेपनि सफल भने भएका छैनन् ।
झन्डै पाँच वर्षपछि ए डिभिजन लिग शनिबार सुरु भएको थियो । पहिलो दिन एनआरटी क्लब र त्रिभुवन आर्मी क्लबले २–२ को बराबरीमा टुंगिएको थियो । यद्दपी पहिलो दिनको खेल विवादरहित हुन सकेन । खेलको अन्त्यतिर रेफ्री सुदिश पाण्डेको निर्णय विवादित बनेको थियो ।
२–१ ले एनआरटी अघि रहेको अवस्थामा टोलीका गोलकिपर अजित प्रजापतिले बढी समय बल होल्ड गरेको भन्दै रेफ्री पाण्डेले त्यसमा आर्मीलाई पेनाल्टी बक्सबाट इनडाइरेक्ट फ्रिकिकको अवसर दिए । त्यसमा आर्मीले गोल गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
त्यो विषयमा एनआरटीका पदाधिकारी नै विवादमा उत्रेका थिए । उनीहरुमध्ये केहीले म्यान अफ दी म्याच घोषित गोलकिपर अजितलाई ट्रफी लिनबाट रोकेका थिए । तर, पनि उनले ट्रफी लिए ।
पाण्डेको निर्णय छानविनका लागि एनआरटीले एन्फामा निवेदन दर्ता गरेको बताइएको छ ।
नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्ड कपका लागि आइतबार बंगलादेश प्रस्थान गरेकोले ए डिभिजन लिग केहि दिनका लागि स्थगित हुने एन्फाले यसअघि नै जनाइसकेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]