7 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एक खेल अगावै साफ यू–१८ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । भुटानमा भैरहेको च्याम्पियनसिप अन्तर्गत आइतबार साँझ बंगलादेशले पाकिस्तानमाथि १७–० को फराकिलो जित दर्ता गरेपछि नेपाल एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो ।
पाकिस्तानमाथिको फराकिलो जितमा बंगलादेशकी सिरत जाहान सोप्नाले दोहोरो ह्याट्रिकसहित ७ गोल गरिन् । मार्जियाले ह्याट्रिक पुरा गरिन् । सिउली अजिमले दुई तथा मिस्रात, अखि खातुन, कृष्णा रानी सरकार र तोहुरा खातुनले समान १ गोल गरिन ।
लगातार दोस्रो हारसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ । नेपालले पनि पाकिस्तानलाई १२–० को फराकिलो जित निकाल्दै विजयी शुरुवात गरेको थियो । नेपालको जितमा रेखा पौडेलले दोहोरो ह्याट्रिक पुरा गरेकी थिइन् ।
अब नेपाल र बंगलादेशबीच समूह विजेताको रुपमा प्रतिस्पर्धा हुनेछ । नेपाल र बंगलादेशबीच मंगलबार खेल हुनेछ । उक्त खेलमा जित हात पारे नेपाल समूह विजेताको रुपमा अघि बढ्नेछ ।
बंगलादेशसँगको बराबरी या हारले पनि नेपाल समूह उपविजेताको रुपमा अघि बढ्नेछ । बंगलादेश गोल अन्तरमा नेपाल भन्दा अघि छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]