7 years ago
October 1, 2018
मिलान (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । मिलानले सासुलोमाथि ४–१ को सहज जित निकालेको हो ।

मिलानको सहज जितमा सुसोले दुई तथा फ्रान्क यान्निक किसे र स्यामुल क्यास्टिल्जोले समान एक गोल गरे । पराजित टिमका लागि फिलिप जुरिसिसले सान्तना गोल फर्काए ।
सुसुलोको घरेलु मैदानमा भएको खेलमा मिलानले फ्रान्क यान्निकको गोलमा पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । फ्रान्कले ३९औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १–० ले अघि बढेको मिलानले दोस्रो हाफमा थप तीन गोल गर्न सफल हुदा एक गोल खाएको थियो ।
५०औं मिनेटमा सुसोले गोल गरेपछि मिलानले खेलमा २–० को अग्रता बनायो । स्यामुलले ६०औं मिनेटमा गोल थपेपछि मिलानले ३–० को आरामदायी अग्रता बनाउदै खेलमा अघि बढ्यो । ६८औं मिनेटमा सुसुलोका फिलिपले एक गोल गर्दै खेलमा फर्कने संकेत देखाएका थिए ।
तर, इन्जुरी समयमा सुसोले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गर्दै मिलानलाई ४–१ को सहज जित निकाल्न सफल भयो ।
जितपछि मिलान ६ खेलबाट ९ अंक जोडेर सिरी ‘ए’ को १०औं स्थानमा उक्लिएको छ । पराजित सुसुलो ७ खेलबाट १३ अंकसहित पाँचौं स्थानमा यथावत छ । अपराजित रहेको युभेन्टस् ७ खेलबाट २१ अंक जोडेर सिरी ‘ए’ को शीर्ष स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]