default_image

7 years ago

October 1, 2018

बलात्कारको आरोप झुटो भएको रोनाल्डोको दाबी

118 views

0 Bookmark

टुरीन (एजेन्सी) – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले सन् २००९ मा अमेरिकी महिलाले उनीमाथि लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् । रोनाल्डोले सामाजिक संजाल इन्स्टाग्राममा बोल्दै यसको जवाफ दिएका हुन् । 

रोनाल्डोले भिडियोमा भनेका छन्, ‘उनीहरु मेरो नाम जोडेर आफुलाई प्रख्यात बनाउन चाहन्छन् । यो सामान्य विषय हो ।’ रोनाल्डोका वकिलहरुले यस घटनाबारे झुटो समाचार प्रकाशित गर्दै रोनाल्डोमाथि आरोप लगाउने जर्मनीको डेर स्पिगेलमाथि कानुनी कारवाही अगाडी बढाएको छन् ।

पत्रिकामा प्रकाशित रिपोर्टमा ३३ वर्षीय रोनाल्डोले सन् २००९ मा क्याथरिन मेयोर्गालाई लास भेगासको होटेलमा बलात्कार गरेको आरोप छ । त्यसबेला मायोर्गाले लास भेगास पुलिसमा रिपोर्ट पनि दर्ता गराएकी थिइन् । सन् २०१० मा उनले अदालत नगई झन्डै ३ लाख पाउण्डमा रोनाल्डोसँग यसबारे बाहिर नबोल्ने भन्दै मिलापत्र गरेको उक्त रिपोर्टमा उल्लेख छ ।

अहिले भने वकिलहरुले उक्त सबै घटना झुटो भएको र रोनाल्डोको अस्मितामा आँच पुर्याउन यो कदम चालेको भन्दै मुद्दा चलाउन लागेका हुन् । ‘रिपोर्ट झुटो छ । यसले रोनाल्डोको प्रतिष्ठामा प्रश्न उठेको छ र यसको कारवाही हुनुपर्छ । व्यक्तिगत अस्मितामाथि आँच पुर्याउने कार्य मान्य हुने छैन,’ वकिल क्रिस्टियन सर्जले भने ।

यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट १ सय मिलियन पाउण्डमा युभेन्ट्स पुगेका रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनलाई विश्व फुटबलकै सर्वकालीन महानमा गनिन्छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.