default_image

7 years ago

October 1, 2018

‘मेस्सी र रोनाल्डोमा कुनै अन्तर छैन’ – डिबाला

172 views

0 Bookmark

टुरिन (एजेनसी)– युभेन्ट्स तथा अर्जेन्टिनाका फरवाडर पाउलो डिबलाले बार्सिलोनाका स्टार लियोनल मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबीच कुनै अन्तर नरहेको बताएका छन् । उनले रोनाल्डो र मेस्सी असाधारण खेलाडी समेत नभएको बताएका हुन् ।

इटालीयन समाचार पत्र कोरिरे डेला सेराका अनुसार मेस्सी र रोनाल्डोसँग खेल्ने मौका पाएकाले दुबैलाई राम्रोसँग बुझ्न पाएको डिबलाले बताएका छन् । ‘म भाग्यमानि खेलाडी हु । किनकी म भाग्यमानी खेलाडी हुँ जो रोनाल्डो र मेस्सी जस्तो महान खेलाडीसँग खेल्ने मौका पाए । यसैले रोनाल्डो र मेस्सीबीच कुनै अन्तर छैन र उनी कोहि असाधारण खेलाडी पनि हैनन् ।’

डिबलाले रोनाल्डोको कार्य नैतिकताको बारेमा समेत प्रशंसा गरे की रोनाल्डोले कहिले पनि पोर्चुगलको कप्तानका रुपमा कठिन परिश्रम देखेका छैनन् । डिबलाले भने, ‘रोनाल्डोको बारेमा सबैभन्दा आश्चर्यको बिषय यो हो की प्रशिक्षणमा उनको तिव्रता र जित्ने इच्छा धेरै हुन्छ ।’

मेस्सी र रोनाल्डोसँग खेल्ने डिबला एक मात्र खेलाडी हैनन् । उनी भन्दा पहिले एंगेल डि मारिया, गोन्जोलो हिगुइन, कार्लोस टिभेज, पोर्चुगिज मिडफिल्डर आन्द्रे गोमेज र स्पेनिस सेन्टर–ब्याक जिरार्ड पिकेले दुबै खेलाडीसँग खेलेका थिए । रोनाल्डोले युभेन्ट्समा आफ्नो सात खेलमा अहिले सम्म तीन गोल मात्र गरेका छन् भने मेस्सीले बार्सिलोनाका यस सिजनका सबै खाले ९ खेल खेल्दै ८ गोल गरिसकेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.