6 years ago
October 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खलिफा सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय पुगेका छन् ।
तीन दिने नेपालको भ्रमणका लागि उनी आइतबार नेपाल आएका थिए । एएफसी अध्यक्षलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले स्वागत गरेका थिए ।
सलमानले एन्फा पदाधिकारी एवंम सदस्यहरुसँग छलफल गर्ने बताइएको छ । उनको आगमनमा एन्फाले सञ्चारमाध्यमलाई भने डोकेको छैन । सलमान मंगलबार फर्कने बताइएको छ ।
सन् २०१३ को विशेष साधारण सभामा सलमान एएफसीको अध्यक्षमा निर्वाचित भएका थिए । सोहि साधारण सभाले उनलाई फिफा सदस्यमा समेत निर्वाचित गरेको थियो ।
December 15, 2024
हिमाल खरेल,बिर्तामोड फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको आइतवार आयोजक झापा ११ फुटबल क्लबलाई २-० ले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ […]
December 15, 2024
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]
December 15, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]